ओली सरकार माफिया र दलालहरुले नै बनाएको हो : प्रवक्ता ओली

<span class='c1'>ओली सरकार माफिया र दलालहरुले नै</span> <span class='c2'>बनाएको हो : प्रवक्ता ओली</span>

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्त प्रकाश ओली‘सुदर्शन’ले वर्तमान सरकार दलाल पुँजीपतीहरुले नै बनाएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान ओली सरकार माफिया र दलालहरुले बनाएको दाबी गरेका हुन् ।

उनले भने, ‘यो हामीले लगाएको आरोप होइन । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै स्वीकारेको तत्थ्य हो । एउटा पुस्तक विमोचन कार्यक्रममा बोल्दा प्रधानमन्त्री ओलीले वर्तमान गठबन्धन बनाउन एकजना दलाल पुँजीपतिको नामै किटान गरेर आफू नेतृत्वको सरकार निर्माणमा उहाँहरुको ठूलो हात रहेको बताएका थिए ।’

आगामी मंसिर १३ देखि २३ सम्म काठमाडौंमा हुन गइरहेको पार्टीको एकता महाधिवेशनबारे जानकारी दिन सो पत्रकार सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा उनले आफूहरुले वर्तमान संविधानलाई नमाने पनि यसमा रहेका गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक–समावेशीतालगायतका उपलब्धिहरुलाई सरकार समाप्त गर्नतर्फ उद्धत रहेको भन्दै त्यसको कडा शब्दमा विरोध गरे । विश्व परिघटना बारे बोल्दै ओलीले आफ्नो पार्टी प्यालेस्टाइन् जनताको पक्षमा रहेको स्पष्ट पारे । युक्रेन र रसियाबीचको लडाई साम्राज्यवादी स्वार्थको उपज रहेको उनको दाबी थियो । त्यहाँ देखिनलाई यूक्रेन देखिए पनि त्यो वास्तबमा अमेरिका र रसियाबीचकै युद्ध रहेको ओलीको भनाई थियो ।

पत्रकार सम्मेलनको सञ्चालन पार्टीका कार्यालय सदस्य तथा महाधिवेशन प्रचार प्रशार समितिका संयोजक राम सिंह श्रीसले गरेका थिए । कार्यक्रममा पार्टीका कार्यालय सदस्य सिताराम तामाङलगायत केन्द्रीय तहका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्