विराटनगरका यौनिक तथा लैङ्गिक अल्पसंख्यकले मनाए तिज (फोटो फिचर )

<span class='c1'>विराटनगरका यौनिक तथा लैङ्गिक अल्पसंख्यकले</span> <span class='c2'>मनाए तिज (फोटो फिचर )</span>

विराटनगर । विराटनगरमा रहेका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले हरितालिका तिज मनाएका छन् । बिहीबार विराटनगर ९ स्थित एम टु पिएम रेष्टुरेण्टको सभाहलमा भेला भई नाँच, गानसहित तिज मनाएका हुन् ।


कार्यक्रममा विभिन्न यौनिक तथा लैङिुगक अल्पसंख्यक १ दर्जन भन्दा बढी समुदायका व्यक्तिहरुको उपस्थिति रहेको थियो । नायक किनर समाजकी नायक सल्मा बेगमको नेतृत्वमा भएको कार्यक्रममा साँस्कृतिक कार्यक्रम गरी उनीहरुले तिज पर्व भव्य रुपमा मनाएका हुन् ।


नेपाली हिन्दु महिलाहरुले आज दर खाई भोली पानी पनि नखाई निरहार वर्त बस्ने चलन छ । अधिकास रातो सारीमा सजिएका उनीहरु बेहुली झै सजिएर नाचगानमा सहभागी भएका थिए ।
लैङिुग अल्पसंख्यकलाई समाजबाट अपहेलित छौं भन्ने छाप नपरोस् भनेर कार्यक्रम आयोजना गरिएको नायक किनर समाजकी नायक सल्मा वेगमले जानकारी दिईन् । अहिले वेगमको नेतृत्वमा १० जना यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्