निजामती सेवा ऐन अब चाँडै आउँछ : मन्त्री गुप्ता

<span class='c1'>निजामती सेवा ऐन अब चाँडै</span> <span class='c2'>आउँछ : मन्त्री गुप्ता</span>

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती सेवा ऐन अब चाँडै ल्याइने बताएका छन् ।

बिहीबार सिहंदरबारमा बसेको प्रतिनिधि सभा अन्तरर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्वन्धमा भएको छलफलमा उनले विधेयकलाई समितिमा छलफलमा मात्र वर्षौं जाने भएकाले उच्च राजनीतिक तहमा समन्वय गरी निर्देशन लिएर अगाडि बढ्ने उनले बताए ।

उनले भने,अब निजामति सेवा ऐन चाँडै आउँछ । हामी जहाँ जाँदा पनि पहिला प्रश्न यही तेर्सिन्छ । छलफलमा नै राखेर बस्ने हो भने दुईतीन वर्ष नै जान्छ । त्यसैले हामी उच्च राजनीतिक तहमा समन्वय गर्छु । उहाँहरुको निर्देशन लिन्छु । र छलफल गरेर अगाडि बढ्छौं ।’
मन्त्री गुप्ताले निजामति सेवा ऐनलाई समितिमा प्राथमिकता दिएर छलफल गरेर अगाडि बढ्न आग्रह गरे ।
उनले भने,‘सभापतिज्यूलाई मेरो आग्रह के छ भने यो समितिमा त थुप्रै विधेयकहरु छन् । तर यसलाई पनि प्राथमिकतामा राखेर अगाडि बढाइदिनु होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्