उदयपुरको कटारी सोरुङ छविसेमा आमा–छोराको ह*त्या

<span class='c1'>उदयपुरको कटारी सोरुङ</span> <span class='c2'>छविसेमा आमा–छोराको ह*त्या</span>

विराटनगर । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ छविसेमा आमा छोराको हत्या भएको छ ।

वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षीया निर्मला थापा र उनका छोरा अन्दाजी ६ वर्षीय आरुस थापाको बिहीबार बिहान पसल मै मृत अवस्थामा भेटिएको हो ।

वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा आउने ग्राहकहरुले आमा छोराको शव देखेका थिए । उनले भने, “आमाको शव भुईमा घोप्टो परेको र छोराको खाटमा रगतमा डुबेको अवस्थामा फेला परको हो”, वडाध्यक्ष खड्काले भने, “छोराको शवमा हतियार प्रहार गरेको चोटहरु देखिएको जानकारी आएको छ ।”

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरिक्षक उमेश महतोले बिहानै घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी घटनास्थलतर्फ पठाइसकेको बताए । प्रहरी निरिक्षक महतोले भने, “प्रहरी घटनास्थल पुग्नै लागेको, पुग्ने बित्तिकै अनुसन्धान सुरु गर्छौं ।” घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तरपहाडी भेगमा पर्दछ । वडाध्यक्ष खड्काका अनुसार मृतक निर्मला थापाका श्रीमान अशोक थापा दुईवर्ष अघि दोस्रो विवाहगरी भारततिर बस्दै आएका छन् । उनले भने, “तीनसय मिटर पर मुल घर थियो गएराति चाहीँ पसलमै बास बसेका रहेछन, त्यही बेला घटना घटेछ ।” घटनास्थल पुगेका कटारी नगरपालिकाकी कार्यापालिका सदस्य गिताकुमारी गिरीले प्रहरी चौकी बतासेबाट प्रहरी आइपुगेको र अनुसन्धान प्रकृया अघि बढेको जानकारी दिइन् । स्थानीय दीपक राउतले बुधबार साँझ ८ बजेसम्म मुल घरको देवरहरुसँग मृतक निर्मलाको फोनमा कुरा भएको बताए ।

“साना साना देवरहरु थिए उनीहरुलाई बिहान आउँछौँ भनेका थिए रे”, राउतले भने, “बिहान घरमा खसी काट्ने सल्लाह थियो रे राति हत्या भएछ ।” बिहान घटनाबारे थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तीज मनाउने तयारीमा रहेको गाउँमा हत्याको घटनापछि स्थानीयवासी शोकमा छन् । घटना कटारी बजारमा भन्दा केही दुर्गम भेगमा भएका कारण घटनामा संलग्नलाई खोजी गर्न समस्या रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यद्यपी घटना बारे तीव्र रुपमा प्रहरी परिचालन गरी अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्