विएसएन स्कुल अफ होटल मेनेजमेन्टमा तिज कार्यक्रम

<span class='c1'>विएसएन स्कुल अफ होटल</span> <span class='c2'>मेनेजमेन्टमा तिज कार्यक्रम</span>

विराटनगर । विराटनगर २ तीन पैनीमा रहेको विएसएन स्कुल अफ होटल मेनेजमेन्ट स्कुलले आफ्ना विद्यार्थीहरुलाई तीज पर्वको महत्व बारे जानकारी गराउदै हरितालिका तिज मनाएको छ ।
स्कुल परिसरमा बिहीबार एक कार्यक्रमको आयोजना गरि यसै वर्ष भर्ना भएका होटल मेनेजमेन्टका विद्यार्थीहरुलाई हरितालिका तिजको जानकारी गराउदै तिज पर्व मनाएको हो ।
कार्यक्रममा सहभागी भएका विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुलाई स्कुलका प्रोग्राम डाईरेक्टर मनोज राजवंशीले तीज पर्वको महत्व दर्शादै शुभकामना दिनुभयो ।

विद्यार्थीहरुलाई पढाईसँगै व्यावहारिक सिपमुलक ज्ञान प्रदान गर्ने हिसाबले तिज पर्व कलेजमा मनाइएको राजवंशीले बताउनुभयो । कार्यक्रममा विएसएन स्कुलका डाईरेक्टर अनिता राजवंशी , एचओडी अजय चौधरी, शिक्षक सुमित ठाकुर लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा उपस्थित सबै विद्यार्थी तथा शिक्षक शिक्षिकालाई तिजको दर समेत खुवाइएको थियो । यसै बर्षको शैक्षिक सत्रदेखी होटल मेनेजमेन्ट विषय मात्रै पढाई सुरु गरेको स्कुलमा ६३ जना विद्यार्थी भर्ना भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्