एप्पल फार्म राइडको आयोजना हुँदै,६० भन्दा बढी रोयल एनल्फिल्ड बाइकर्सहरु सहभागी हुने

<span class='c1'>एप्पल फार्म राइडको आयोजना हुँदै,६० भन्दा</span> <span class='c2'>बढी रोयल एनल्फिल्ड बाइकर्सहरु सहभागी हुने</span>

काठमाडौं । रोप्यल एनफिल्डको प्रायोजनमा काठमाडौं लिजेण्ड्सले एप्पल फार्म राइडको आयोजना गर्ने भएको छ ।

यो राइडको मुख्य उद्देश्य लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको पर्यटन र स्थानीय परम्परा, संस्कृति, स्याउ फर्म र अन्य स्थानीय दर्शनीय क्षेत्रहरुको प्रचार प्रसार तथा प्रवर्धन गर्ने रहेको छ ।

लगभग ६० भन्दा बढी रोयल एनल्फिल्ड बाइकर्सहरु सहभागी हुने यस कार्यक्रममा सहभागीहरु स्थानीय होम स्टे र टेन्टमा बस्नेछन भने स्थानीय आमा समुहले आफ्नो खेतबारीमा उत्पादित अर्गानिक खानेकुराहरुको व्यवस्था गर्ने छन् । काठमाडौं लेजेन्ड्स अगस्ट २०२० मा गठन भएको काठमाडौंका रोयल इन्फिल्ड उत्साही र साहसिक राइडरहरूको टोली हो । यो टोलीको मुख्य उद्देश्य मोटरसाइकलमा नेपालका अनपेक्षित क्षेत्रहरू अन्वेषण गर्नु र ती स्थानहरूमा पुग्न सवारहरूलाई उच्च स्तरको सडक सुरक्षा कायम गर्दै, व्यवस्थित गर्नु हो ।

काठमाडौं उपत्यकाको उत्तरमा लगभग ७५ किलोमिटरको दूरीमा गोसाईकुण्ड गाउँपालिकामा अवस्थित लाङटाङ राष्ट्रिय निकुञ्ज १७१० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो निकुञ्ज विशेष वनस्पति र जनावरको संरक्षण गर्न स्थापित गरिएको हो । यो निकुन्ज तीन जिल्लामा फैलिएको छ. असमा नुवाकोट, रसुवा र सिंधुपाल्चोक पर्दछन् । लाङटाङ राष्ट्रिय निकुञ्जमा हरियो नदीको उपत्यकासम्मका दृश्यहरु, पुराना सल्ला, धुपी र गुराँसका वनहरु छन् ।

त्यस्तै, यो क्षेत्रमा पवित्र खोला नाला देखि उच्च उचाइमा पर्ने पवित्र तालहरू जस्तै विश्व प्रसिद्ध पवित्र गोसाइँकुण्ड ताल र लाङटाङ, गणेश र लिरुङ हिमालहरु पनि पर्दछन। निकुञ्जलाई संकटमा रहेका रातो पाण्डा, हिमालयन कालो भालू, बाह्र सिंगे लगायतका विभिन्न जातका मृगहरु, चित्तल, घोरल आदि र २५० भन्दा बढी प्रजातिका चरा लगायतका जनावरहरुको लागि समेत प्रख्यात छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्