तीज विशेष : विराटनगरका मन्दिरहरुमा पुजा गर्दै रमाउदै महिलाहरु

<span class='c1'>तीज विशेष : विराटनगरका मन्दिरहरुमा</span> <span class='c2'>पुजा गर्दै रमाउदै महिलाहरु</span>

विराटनगर ।
यसपालीको तीजमा रातो सारी लाउने हो,
फेरि पनि आयो तीज खुशियाली बोकेर,
कति बसुँ मनको रहर मनमै रोकेर
सबै चेली जम्मा भै तीजका गीत गाउने हो
यसपालीको तीजमा रातो सारी लाउने हो
मनसुन संगै हरियाली मौसममा वर्षेनी आउने तिज
नेपाली महिलाहरुको जीवनमा पनि हरियाली जस्तै
उमंग ल्याउने एउटा सुन्दर पर्व हो
तीज बिल्कुल महिलाहरुको पर्व हो ।

यस्ता भाका भएका गीतहरु अहिले विराटनगरका मन्दिरहरुमा गुम्जीरहेका छन् । अनि ती नै गीतहरुमा नेपाली हिन्दु महिला दिदिबहिनीहरु छमछमी नाचिरहेका छन् । रातो सारी रातै चोलीमा सजिएर अधिकार महिला मन्दिरमा पुजापाठ गर्ने थाली बोकेर मन्दिर परिसरमा पुगेका छन्।

वर्ष दिनभरिका अव्यक्त भावनालाई खुलस्त रुपमा तीजे भाकाको माध्यमबाट छताछुल्ल पोख्ने दिन हो आज , नेपाली महिलाको सुहागन र शौभाग्यको कामना गर्ने दिन मानिन्छ आज विराटनगर १३ स्थित रानी सिकीयाही नहरमा रहेको मनोकामेश्वर शिव मन्दिरमा भेटिनुभएकी ५४ वर्षीया सिता फुयालले तीज बारे यसरी जवाफ दिईन् । खास गरी आज महिलाले आफ्नो परिवारको सुख ,स्वास्थ्य र दिर्घायुको कामना स्वरूप आफ्ना प्रेमका अभिव्यक्ति प्रस्तुत गर्ने दिनलाई मानिदै आएको छ । विवाहीत महिलाको सौभाग्य रातो सारी, झिलिमिली चुरा पोते ,निधारमा टीका, छड्के तिलहरी महिलाको आकर्षण रुपमा सजिएर आएकी विराटनगर १३ की ममता प्रधान आफ्ना साथीसंगीहरुसँग मन्दिरमा पुजा पाठ गर्न आईपुगेकी थिईन् ।

यता विराटनगर ६ मा रहेको शिव मन्दिरमा राती सारी रातै चोलीमा सजिएर नाचिरहेको दृष्य पनि देख्न सकिन्छ । आज अन्य दिन भन्दा अलिक बढी गर्मीको महसुस गरिएको छ विराटनगरमा तर पनि बर्तालु महिलाहरु सौभाग्य रातो सारी र झिलिमिली चुरा पोतेमा सजिएर नाच्न भने छाडेका छैनन् ।

हुन त तिजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्व छ । धार्मिक संस्कारयुक्त तीज सर्वमान्य हुन्छ । तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ ।

रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । ह्दय स्वच्छ भए मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वास तीजको व्रतमा अन्तर निहित छ । हुन त नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तिजको चहलपहल एक महिना अघि देखि शुरू गर्ने चलन छ । तर विशेष गरी भाद्र शुक्ल तृतीयाका दिन मनाईने चलन छ । भाद्र द्धितियाका दिन दर खाने र अर्को दिन तिजको व्रत बस्ने प्रचलन छ ।

के छ त हरितालिकाको पौराणिक कथा

हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने बचन दिएका र पार्वतीले मनैदेखि भगवान शिवलाई वरण गरेकी उनका पिता हिमालयले छोरीको विवाह विष्णुजीसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर शिवजीलाई पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् ।

पार्वतीले विभिन्न किसिमको कठोर तपस्या गरेको लामो अवधि भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा भाद्रपद शुक्लको तृतीया तिथि, अनि त्यस दिन हस्ता नक्षत्रका दिन उनले वालुवाको शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार ब्रत बस्न थालिन। बालुवाको शिवलिङ्ग निर्माण रातभरि शिवजीका स्तुतिमा गीत गाउँदै जागरण बसिन । यो कठोर तपस्याको प्रभावले शिवजीको आसन हल्लिन पुग्यो र यसरी पार्वतीको कठोर ब्रतको कारण शिवजी प्रकट भई तथास्तु अर्थात मनले चिताएको कुरा पुरा होसु भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। संकटको घडिमा धैर्यताका साथ काम गर्नुपर्दछ ।

हिन्दूनारीको जीवनको सार्थकता नै केमा छ भने जसलाई मनैले पतिका रूपमा एक पटक वरण गरिन्छ, उसैसँग निष्ठापूर्वक जीवन निर्वाह गर्नुपर्दछ । दीगो आस्था र एक निष्ठाका सामु त स्वयं भगवान पनि असहाय र किंकर्तविमुढ बन्न पुग्नुहुन्छ भन्ने यसबाट स्पष्ट बुझिन्छ । यसरी यस्तो सफल कार्य भएको त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथि देखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्