अभियानकर्मी जोशीलाई मानव बेचबिखन विरुद्धको राष्ट्रिय सम्मान

<span class='c1'>अभियानकर्मी जोशीलाई मानव बेचबिखन</span> <span class='c2'>विरुद्धको राष्ट्रिय सम्मान</span>

काठमाडौं । अठारौँ मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित कार्यक्रममा मानव बेचिबिखन तथा ओसारपसार विरुद्ध उल्लेखनिय कार्य गरे वापत भारतस्थित किन इण्डिया संस्थाका निर्देशक नवीन जोशीलाई सम्मानित गरिएको छ ।

भारतस्थित किन इण्डिया नामक संस्थाले मानव बेचबिखनमा परि भारतका विभिन्न भागमा रहेका नेपालीहरूलाई उद्धार गर्दै आएको छ।

काठमाडौँमा आयोजित उक्त कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)की उपसम्पादक मधु शाही ,नागरिक दैनिककी सम्वाददाता सविता खड्का, सञ्चारमाध्यम विधामा पर्सा जिल्लास्थित मध्यनेपाल सन्देश साप्ताहिक, मानव बेचिबिखनबाट प्रभावित पम्फा अधिकारी, रुपन्देहीको सिद्घार्थ नगरपालिका, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र आवाज संस्था सुर्खेतलाई सम्मान गरिएको छ ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखनविरुद्ध मन्त्रालय चेतना जगाउन अग्रसर रहेको बताए ।

मन्त्रालयका सचिव दिनेश भट्टराई, सहसचिव दीपकराज नेपाल, मानव अधिकार आयोगका सदस्य मनोज दुवाडी, महिला आयोगका अध्यक्ष कमला पराजुली, सिद्घार्थ नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, पीडित पम्फा अधिकारीलगायत वक्ताले एकल प्रयासले मात्र मानव बेचबिखन उन्मूलन सम्भव नहुने भएकाले सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्