विराटनगरको सिटी सिनेमा हलमा प्रथम राजवंशी चलचित्र महोत्सव

<span class='c1'>विराटनगरको सिटी सिनेमा हलमा</span> <span class='c2'>प्रथम राजवंशी चलचित्र महोत्सव</span>

विराटनगर । विराटनगरमा प्रथम राजवंशी चलचित्र महोत्सव आयोजना गरिएको छ । महोत्सवमा शनिबार विराटनगरकोे सिटी सिनेमा हलमा विराट राजवंशी भाषाका चलचित्रहरु प्रर्दशन गरिएको छ ।


राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको आयोजना गरिएको कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले उद्घाटन गरेका थिए । महोत्सवमा विराट राजवंशी भाषाका तीन चलचित्र र एउटा बृतचित्र प्रर्दशन गरिएको छ । महोत्सवमा छनौटमा परेका तीन चलचित्रहरु ‘मोख’, ‘दुलारी’ र ‘पुल्टी’ नामक चलचित्र प्रर्दशन गरिएको थियो । विराट राजवंशी समुदायको पारम्परिक नृत्यको बिषयबस्तु समेटिएको ‘चोरकच्छी’ बृतचित्र पनि प्रर्दशन गरिएको थियो । महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मन्त्री अधिकारीले प्रदेश राजधानीमा राजवंशी भाषाको चलचित्र महोत्सव आयोजना हुनु सुखद बिषय रहेको बताउनुभयो । उहाँले आन्तरिक मन्त्रालयले भाषाभाषिको चलचित्रहरुलाई संरक्षण र प्रर्बधन गर्दै आएको बताउनुहुँदै त्यसलाई आगामी दिनमा समेत निरन्तरता दिने बताउनुभयो ।


आयोजक राजवंशी चलचित्रकर्मी समाद समितिका अध्यक्ष दिपनारायण राजवंशीले विराटनगरको पेरीफेरीमा आदिमकालदेखी बसोबासगर्ने विराट राजवंशीहरुको भाषा,संस्कृति दर्शाउने चलचित्रहरु समेटेर पहिलोपटक महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो ।
राजवंशी समाज उत्थान समितिका केन्द्रीय अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले चलचित्र मार्फत भाषा,संस्कृतिको संरक्षण तथा विकासको प्रयास स्वरुप महोत्सव आयोजना गरिएको बताउनुभयो । बरिष्ठ चलचित्र निर्देशक केशव रायमाझीले मुलधारको चलचित्रका निर्माता,निर्देशक र कलाकारहरुलाई समेटेर राज्यले क्षमता अविबृद्धिका अनेकौं कार्यक्रमहरु संचालन गर्ने तथा सुविधाहरु उपलब्ध गराएजस्तै स्थानीय भाषाका चलचित्रकर्मीहरुकालागि पनि त्यस्ता कार्यक्रमहरु ल्याउनुपर्ने आग्रह गर्नुभयो ।


कार्यक्रमकाबिच चलचित्र प्राविधिक पुरुषोत्तम भण्डारी,कलाकार राजकुमार वन,निर्माता छविराज ओझा र मिस्टर नेपाल २०८१ का फस्र्ट रनरअप आदेश प्रधानलाई सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्