एमालेसँगको गठबन्धन रहर नभई बाध्यता हो : मन्त्री पाण्डे

<span class='c1'>एमालेसँगको गठबन्धन रहर नभई बाध्यता</span> <span class='c2'>हो : मन्त्री पाण्डे</span>

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयान मन्त्री बद्री प्रसाद पाण्डेले नेकपा एमालेसँगको गठबन्धन रहर नभई बाध्यता भएको बताएका छन् ।

शनिबार सूर्यप्रसाद उपाध्यायको चालिसौं स्मृति दिवसका अवसरमा ‘नेपाली कांग्रेसका प्रमुख संस्थापकको वास्तविक पहिचान र यथोचित सम्मान’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले राजनीतिक अस्थिरताबाट मुलुकलाई मुक्त गर्नको लागि ८४ सम्म एमालेसँगको गठबन्धनलाई लिएर जाने बताएका हुन् ।

उनले भने, ‘अहिले कम्युनिष्टसँगको मेलमिलाप र सहकार्यको नीति रहर होईन बाध्यता हो । हामी होसियार हुनुपर्ने कुरा भनेको हाम्रो मौलिकता जोगाउने विषयमा हो । राजनिितक स्थिरता जरुरी भयो, माओवादी अध्यक्षले जुन राजनीतिक अस्थिरताको भूमिका निर्वाह गर्नुभयो, त्यसबाट मुलुकलाई मुक्त गर्नको लागि ८४ सम्म एमालेसँगको गठबन्धनलाई लिएर जान्छौ । ८४ मा पुगेपछि हाम्रो मूल प्रतिस्पर्धी एमाले नै हो ।’

यस्तै, उनले इतिहासका कुनै पनि कालखण्डमा सूर्यप्रसाद उपाध्याय नछुटेको भन्दै उनले अन्य नेताहरु सरह सम्मान पाउनु पर्ने पनि बताए ।
उनले भने, ‘के कारणले इतिहासको कुन त्यस्तो कालखण्ड, मोड र घटना हो, जहाँबाट सूर्यप्रसाद उपाध्याय छुट्नु भयो, अरु नेताहरु भने शिरमा राख्न मिल्ने गरि रहनु भयो भन्ने कुरा पनि एउटा गम्भीर समिक्षा हो ।’ सूर्यप्रसाद उपाध्याय दानी र नेतृत्व गर्न सक्ने क्षमता भएको व्यक्ति भएको भन्दै नेपालको राजनीतिमा उनलाई एउटा ज्ञानी व्यक्तित्वको रुपमा चिन्ने गरेको पनि उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्