पाँचथरको बम विस्फोटबाट घाइते भएकाहरुको उपचार सरकारले गर्ने

<span class='c1'>पाँचथरको बम विस्फोटबाट घाइते</span> <span class='c2'>भएकाहरुको उपचार सरकारले गर्ने</span>

काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका ५ डाँडागाँउमा भएको बम विस्फोटमा परी घाइते भएका पवन र दिप्सन राईको उपचारको जिम्मा नेपाल सरकारले लिने भएको छ ।

स्वास्थ्यमन्त्री प्रदिप पौडेलले कीर्तिपुर अस्पतालको बर्न शाखामा उपचाररत पवन र दिप्सनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेका थिए । उनले उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

घटनामा घाइते भएका चार जना बालबालिका मध्ये ११ वर्षीय दिप्सन साँवा र अढाई वर्षीया प्रिन्सा साँवाको मृत्यु भइसकेको छ । उनीहरु दाजु बहिनी हुन्। पवन र दिप्सन राईको भने कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ। फालेलुङ गाउँपालिकाको डाडागाउँमा आइतराज केरुङको घरमा ०८१ भदौ १३ गते विष्फोटक पदार्थ (द्वन्द्वकालको ह्यान्डमेड सकेट बम)विष्फोट हुँदा उक्त घटना भएको हो । पाँचथरमा यसअघि पनि पटक पटक बम विस्फोट हुँदा यस्ता खाले घटना भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्