विराटनगर क्षेत्रको हाईवेमा दुर्घटना पासो

<span class='c1'>विराटनगर क्षेत्रको हाईवेमा</span> <span class='c2'>दुर्घटना पासो</span>

विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका भित्रको रानी–बरगाछीको पाँच किलोमिटर दुरीमा ४६ वटा मेडियन स्ट्रिप्स छन् । राजमार्गमा जताततै क्रस सेक्सन र इन्टर क्रस सेक्सन राखिएका कारण दुर्घटनाको त्यसैपनि जोखिम छ । त्यहि जोखिमलाई घटाउन स्थानीय प्रशासनले राजमार्गका क्रस सेक्सनलाई कंक्रिट बेरियर (सिमेन्ट डिभाइडर) राखेर थुनिदियो । आवश्यक भन्दा धेरै क्रससेक्सनलाई बन्द गरिदियो । सवारी क्रस गराउँदा निश्चित दुरीबाट मात्रै गर्न सक्ने बनायो ।

त्यसैपनि कोशी राजमार्ग अन्तर्गत विराटनगर सडक खण्डको पश्चिमतर्फका तीनवटा लेन कच्याककुच्युक छ । ठूलो लगानीमा निर्माण भएको छलेन सडकमा भन्सार क्षेत्रबाट औद्योगिक कच्चा बोकेर आउने मालवहाक गाडीको ओभरलोडले कालोपत्रे भत्किएर र चिप्लिएर डाँडापाखा भएको छ । बिटुमिन (अलाकत्रा) सहित कालोपत्रे गर्दा प्रयोग भएका सामाग्री सवारीका कारण टिक्न नसकेर सडक खाल्डाउन्मुख भईरहेको छ ।

सडकको अवस्था, सवारी चापका बीच कोशी राजमार्गको मेडियन स्ट्रिप्स निर्माणका लागि प्रयोग भएका कर्बस्टोन (सिमेन्टका ब्लक) उप्किन थालेका छन् । कर्बस्टोन उप्किएर सडकमा असरल्ल हुन थालेका हुन् । मेडियन स्ट्रिप्स क्षेत्रमा अहिले महानगरपालिकाले साना बुट्यान बिरुवा तथा फूल रोप्ने कार्य अभियानको रुपमा गरिरहेको छ । तर, त्यहि बिरुवा रोपिरहेको मेडियन स्ट्रिप्सको घेराबेरा गरिएका कर्बस्टोन भने उप्किएर सडकमा छरिन थालेका हुन् ।

सडक सुरक्षित बनाउन निर्माणमा ध्यान दिनुपर्ने हुन्छ । विराटनगरमा भने ठूलो लगानीमा निर्माण भएको कोशी राजमार्ग क्षेत्र नै सबैभन्दा धेरै बिग्रिएर दुर्घटनाको जोखिम बढाईरहेको छ । रानी–धरान ४९ किलोमिटर छलेन सडक हेर्न सडक विभागले छुट्टै आयोजना बनाएको थियो । सरकारले दश अर्ब ९८ करोडमा रानी–धरान सडक सम्पन्न गर्ने लक्ष्य राखेकोमा करिब ९८ प्रतिशत काम सकिएको छ । २०६९÷२०७० सालदेखि सुरु भएको आयोजनाको काम निर्माण सम्पन्न भईनसक्दै भत्कन पनि थालेको छ । छलेन सडक आयोजना इटहरीका इन्जिनियर शिवराम देवका अनुसार राधाकृष्ण रथयात्राको समयमा केहि कर्बस्टोनहरु हल्लिएर बाहिर निस्केका छन् । त्यसपछि महानगरपालिकाले फूलबारी बनाउने नाममा मेशिन लगाएर काम गर्ने हुँदा केहि हल्लिएका छन् । महानगरपालिकाले आफूले काम गरेपनि आफैं त्यो लगाउनु पर्ने भएपनि बिगारेर छोडेको आरोप छ ।

‘हामीले राजमार्गमा कुनैपनि प्रकारको क्षति पु¥याउन नपाईने शर्तबन्दी गरेर फूल रोप्न दिएका हौं’ इन्जिनियर देवले भने–सरकार आफैं लागेर क्षति पुगेपछि बनाउन पनि चासो दिनुपर्ने थियो । उनले छरिएका कर्बस्टोन केहि उठाएको जानकारी दिए । यद्यपी बाँकी रहेका पनि उठाइने उनले बताए । तर, मेडियन स्ट्रिप्समा बिरुवा लगाउँदा पु¥याएको क्षतिको यकिन गरेर स्थानीय सरकारसँग भरण गराउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्