निजी क्षेत्रको समस्या समाधान गरेर अर्थतन्त्रको दबाबबाट बाहिर निस्कनुपर्छ : अर्थमन्त्री पौडेल

<span class='c1'>निजी क्षेत्रको समस्या समाधान गरेर अर्थतन्त्रको</span> <span class='c2'>दबाबबाट बाहिर निस्कनुपर्छ : अर्थमन्त्री पौडेल</span>

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग कार्पेट व्यवसायीहरुले भेटवार्ता गरेका छन् ।

आइतबार अर्थ मन्त्रालयको सुवर्ण हलमा अर्थमन्त्रीसँग कार्पेट व्यवसायीहरुले भेटवार्ता गरेका हुन् ।

सो अवसरमा अर्थमन्त्री पौडेलले सरकार अर्थतन्त्रबाटबाट दबाव र शिथिलताको अवस्थामा रहेको भन्दै शिथिलताको अवस्थाबाट बाहिर निकाल्न निजी क्षेत्रको समस्या समाधान गर्नुपर्ने बताए । उनले कार्पेट व्यवसायीहरुको अभिव्यक्ति र भोग्नुपरेको समस्याप्रति सरकार गम्भीर रहेको भन्दै यस विषयमा सरकारले छलफल गर्नेे विश्वास दिलाए । उनले भने,‘अहिले सरकार अर्थतन्त्रबाटबाट जुन प्रकारको दबावमा छ । जुन प्रकारको शिथिलताको अवस्था छ । यो शिथिलताको अवस्थाबाट बाहिर निकाल्नुपर्छ । यसका निम्ति निजी क्षेत्रको समस्या सुन्नुपर्छ समाधान गर्नुपर्छ अनि मात्रै मनोबल बढ्छ भन्ने कुरा सोचिरहेको छौं । म आग्रह गर्छु तपार्इंहरुले दिनुभएको अभिव्यक्ति तपाईहरुले भोग्नुपरेको समस्याप्रति सरकार गम्भीर छ । यसलाई हामी छलफलको विषय बनाउने छौं । ’
उनले समस्या समाधान भन्दा अगाडि समस्या के हो भनेर बुझ्न जरुरी रहेको बताएका छन् । मन्त्री पौडेलले समस्या के हो बुझ्नका लागि सम्बन्धित क्षेत्रका सदस्यहरुसँग समन्वय हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘समस्या समाधान भन्दा अगाडि समस्या के हो भनेर बुझ्नुपर्छ, समस्या के हो बुझ्नका लागि सम्बन्धित क्षेत्रका सदस्यहरुसँग समन्वय हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्