हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

<span class='c1'>हत्यामा संलग्न रहेको अभियोगमा</span> <span class='c2'>दुई जना पक्राउ</span>

काठमाडौं । काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने सिराहा घर भएकी राम दुलारी भन्ने महिलाको हत्यामा संलग्न रहेको अभियोगमा दुई जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सर्लाही चक्रघट्टा गाउँपालिका–३ बस्ने ४० वर्षीय राम बिनय महरा र काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने सर्लाही बसगरिया गाउँपालिका–५ घर भएका २४ वर्षीय सन्तोष राम महरा रहेका छन् ।

गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित ढुंगाको चेपभित्र गत बिहीबार ती महिलाको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका–३ बसुन्धाराबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले ती महिलालाई ढुंगा प्रहार गरी हत्या गरेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ
यस्तै नेपालगञ्ज उपमहानगरपालिका–११ बिपि चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित दु जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१ बस्ने ४१ वर्षीय सुबोध क्षेत्री र बर्दिया मधुवन नगरपालिका–६ बस्ने २१ वर्षीया रिना शाही ठकुरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्