चाडपर्वसँगै घरमा भित्रिएलान् की चोर !

<span class='c1'>चाडपर्वसँगै घरमा भित्रिएलान्</span> <span class='c2'>की चोर !</span>

विराटनगर । गत बिहीबार भदौ २० गते विराटनगर–५ निवासी भुपेन्द्रनाथ अधिकारीको घरमा दिउँसै चोरी भयो । उनले घटनाको जानकारी उल्लेख गर्दै मोरङ प्रहरीमा भोलिपल्ट निवेदन दिए ।

अधिकारी आफ्नो काम विशेषले घर बाहिर निस्केको बेला दिउँसै चोरी भएको थियो । अधिकारी घर फर्केर ३ बजे आउँदा ताला फोरिएको थियो, दराज खोलिएको अवस्था थियो ।

घरको सिसी टिभी फुटेजमा एकजना केटा र एकजना केटी प्रवेश गरेको देखिन्छ । उनको दराज फोडेर सुनको चेन–३ थान, औंठी–२ थान, बच्चाको पञ्चरत्न–२ थान, कानको टप एकजोडी, सुनको लकेट तीन थान, मुर्तिमा जोडेको सुनको बाला ३ थान, चन्द्रमा १ थान, काँचो चाँदी एकतोला,, चाँदी पाउजु एक जोर, चाँदी भाडाँ चार, चाँदीको वाला चार जोर समेत चोरी भएको उनले प्रहरीमा जानकारी दिएका छन् ।

शुक्रबार उनले प्रहरीमा निवेदनसहित सिसी टिभी फुटेज समेत बुझाएका छन् । यद्यपी अहिलेसम्म चोरीमा संलग्न व्यक्ति पक्राउ परिनसकेको मोरङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुृर बस्नेतले जानकारी दिए । उनका अनुसार अब चाडपर्व नजिकीसँगै चोरीका विभिन्न घटना हुनसक्ने संभावनालाई मध्यनजर गर्दै चनाखो रहनुपर्छ । दिउँसो घर छोडेर हिड्नु छ भने आसपासका छिमेकीलाई घरतर्फ चियोचर्चो गर्न आग्रह गर्ने, भरसक सबैले घर बन्द गरेर नहिड्ने, घरमा पैसा तथा बहुमुल्य गरगहना घरमा भरसक नराख्ने, यदि राखि हालेपनि सुरक्षित तवरले राख्न सुझाव दिइएको छ । प्रायःजसो चाडपर्व नजिकँदै जाँदा चोरीका घटना बृद्धि हुने गरेको छ ।

प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/२०८१ मा मात्रै २८६ चोरीका घटना दर्ता भएका थिए । जसमा २७६ जना संलग्न आरोपी पक्राउ परेका थिए । त्यसैगरी आर्थिक वर्ष २०७९/२०८० मा २४६ घटना दर्ता भएकामा ३४८ जना पक्राउ परेका थिए भने आर्थिक वर्ष २०७८÷०७९ मा २१४ दर्ता भएकामा २६३ जना संलग्न आरोपी पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्