नेपाल भित्रियो विश्व प्रसिद्ध ‘कम्ब्याट तेक्वान्दो’

<span class='c1'>नेपाल भित्रियो विश्व</span> <span class='c2'>प्रसिद्ध ‘कम्ब्याट तेक्वान्दो’</span>

काठमाडौं । विश्वका ११० देशमा सञ्चालन भइरहेको कम्ब्याट तेक्वान्दो नेपालमा पनि सुरु हुने भएको छ ।

अमेरिकाबाट सन् २०२३ देखि सुरु भएको कम्ब्याट तेक्वान्दो नेपालमा समेत व्यवसायिक रुपमा सञ्चालन हुने भएको हो ।

कम्ब्याट तेक्वान्दोले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपालमा व्यवसायीक सुरुवातको औपचारिक घोषणा गरेको हो ।
कम्ब्याट तेक्वान्दोमा ११० मुलुकका ११५ मिलियन तेक्वान्दो खेलाडी र चार हजारभन्दा बढी व्यवसायिक रेफ्री संलग्न छन् ।
यससँगै, अब नेपालमा समेत तेक्वान्दोको व्यवसायिक खेल प्रतियोगिता हुनेछ । जसमा नेपालसहित विभिन्न देशका ४ हजारभन्दा बढी व्यवसायीक तेक्वान्दो खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जसको प्रत्यक्ष प्रसारण ईएसपीएन नेटवर्कमा, ईएसपीएन प्ल्स र डिज्ने प्ल्स लगायतका ओटीटी प्लेटफर्ममा समेत प्रसारण हुनेछ।

कम्ब्याट तेक्वान्दोका संस्थापक तथा अध्यक्ष रिक सिनले कार्यक्रममा सम्बोधन गर्दै नेपाल सम्भावनाको देश भएको बताए । यही कारण नेपाललाई तेक्वान्दोमा दक्षिण एसियाको हबकारुपमा विकास गर्ने उनले बताए । ‘नेपालमा थुप्रै सम्भावना भएका तेक्वान्दो खेलाडी छन्,’ शिनले भने, ‘यही सम्भावनालाई उजागर गर्ने लक्ष्यसहित कम्ब्याट तेक्वान्दोको व्यवसायीक खेल सुरु गर्न लागेका हौं ।’विश्वव्यापी रुपमा तेक्वान्दोको २० बिलियन अमेरिकी डलरको बजार भएको आँकलन छ । यही बजारलाई मध्यनजर गर्दै गत वर्षदेखि सुरु भएको कम्ब्याट तेक्वान्दो नेपालमा पनि सुरु गरेको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा बोल्दै कम्ब्याट तेक्वान्दो नेपालका अध्यक्ष तथा राष्ट्रिय तेक्वान्दो संघ नेपालका वरिष्ठ उपाध्यक्ष एकनाथ थापाले औपचारिक सुरुवातको घोषणापछि अब छिट्टै व्यवसायीकरुपमा तेक्वान्दोको प्रतिस्पर्धा सुरु गर्ने बताए । उनले भने, ‘हामि छिट्टै कम्ब्याट तेक्वान्दोको प्रतियोगिता सुरु गर्नेछौं । सुरुमा जुनियरहरुको खेल हुनेछ । त्यसपछि सिनियर्सको खेल हुनेछ ।’ उनले यस प्रकारको प्रतियोगिताले नेपालका खेलाडीले विश्वस्तरको ‘एक्सपोजर’ पाउने र राम्रो आर्थिक लाभ समेत हुने बताए ।

यस्तै राष्ट्रिय तेक्वान्दो संघ नेपालका महासचिव राकेशकुमार राईले नेपालमा कम्ब्याट तेक्वान्दो आउँदा आफूहरु उत्साहि बनेको बताए । यसबाट नेपालमा तेक्वान्दाको व्यवसायीक खेल औपचारिकरुपमा सुरु हुने भएकाले सक्दो सहयोग गर्ने प्रतिबद्धा जनाए । कम्ब्याट तेक्वान्दो सन् २०२३ मा अमेरिकामा स्थापना भएको निजी लगानीको व्यवसायीक तेक्वान्दो कम्पनी हो । हालसम्म यो विश्वका ११० देशमा पुगिसकेको छ । ११५ मिलियन तेक्वान्दो खेलाडी आबद्ध भइसकेका छन् ने ३१ मिलियनभन्दा बढी दर्शक छन् । नेपालमा यो खेल ‘अव्यवसायीक’ तथा ‘व्यवसायीक’ गरी दुई विधामा सञ्चालन हुनेछ ।
सन् १९८२ मा दक्षिण कोरियाबाट नेपाल आएका जेके शिनले नेपालमा तेक्वान्दोको औपचारिक सुरुवात गरेका थिए । नेपाली तेक्वान्दोका प्रणेता उनै जेके शिनका छोरा रिक शिनले कम्ब्याट तेक्वान्दोमार्फत औपचारिकरुपमा व्यवसायिक खेल भित्र्याएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्