विराटनगर महानगरको रानी अस्पतालमा भिडियो एक्स–रे गराउन तीन घण्टा पर्खनुपर्ने

<span class='c1'>विराटनगर महानगरको रानी अस्पतालमा भिडियो</span> <span class='c2'>एक्स–रे गराउन तीन घण्टा पर्खनुपर्ने</span>

विराटनगर । विराटनगर–१६ का अनिल खतिवडा सोमबार विराटनगर–१५ को रानी अस्पताल बुबालाई लिएर उपचारका लागि आए । महानगरपालिका मातहत रहेको रानी अस्पतालमा ६८ वर्षीय बुबाको स्वास्थ्य परीक्षण गराए । चिकित्सकले परीक्षण गरेपछि जाँचपड्ताल (डाइग्नोष्टिक) मा भिडियो एक्स–रे (अल्ट्रा साउण्ड) पनि लेखे । विराटनगर महानगरपालिकाले भिडियो एक्स–रे सेवा पनि रानी अस्पतालबाट सुरु गरेको छ । तर, प्रारम्भिक स्वास्थ्य परीक्षणमा चिकित्सकले सिफारिस गरेको भिडियो एक्स–रे सेवा लिन भने १ बजेसम्म कुर्नुपर्ने जवाफ खतिवडाले पाए ।

विराटनगर महानगरपालिकाले सुरु गरेको भिडियो एक्स–रे सेवाका लागि बाहिरबाट रेडियोलोजिष्ट बोलाउनु पर्ने भएकोले दिउँसो १ बजेदेखि निश्चित समयलाई मात्रै राखिएको छ । त्यसले गर्दा सेवाग्राहीले भनेको बेला सेवा पाउन नसकेका हुन् । रानी अस्पतालमा दुईजना मेडिकल अफिसरसहित स्टाफ नर्स, पारामेडिकल, ल्याबको सेवा १० देखि ५ बजेसम्म भएपनि भिडियो एक्स–रे सेवा भने तोकिएको समयमा मात्रै हुने गरेको छ । सेवाग्राही खतिवडाले भने, महानगरपालिकाले नागरिकका लागि दिइने भनिएको सुविधा नागरिकको समयमै उपलब्ध गराउनु पर्ने माग राखेका छन् ।

उनले स्थानीय सरकारले दिइने सेवामा नागरिकले आसा राखेको हुनाले चिकित्सकले स्वास्थ्य परीक्षण गरेर भिडियो एक्स–रे गर्न सिफारिस लेखेको खण्डमा तत्काल पाए सहज हुने बताएका छन् । ‘पेट दुखेर फत्राकफत्राक हुनु भएको बुबालाई १ बजेसम्म रुघाएर भिडियो एक्स–रे गराउँ की अन्तै लिएर जाउँ ? भएको छु’ खतिवडाले भने–आखिर थप सेवाको रुपमा निश्चित रकम लिएर महानगरपालिकाले सुरु गरेको भिडियो एक्स–रे लाई पनि कार्यालय समयअवधीसम्म सञ्चालन गर्ने वातावरण तयार पारिदिए राम्रो हुन्थ्यो ।

अस्पताल इन्चार्ज मनिकचन्द भगतले अहिले सेवाकालिन तालिम रहेका कारण बिहान १० बजे नै कार्यालयमा उपस्थित हुन नसक्ने भएर प्रशासनका कर्मचारी बिहान १०ः३० बजे मात्रै आउने गरेको जानकारी दिए । उनले अस्पतालमा स्वास्थ्य परीक्षण गर्ने सुविधा १०–५ बजे तोकिएको भएपनि भिडियो एक्स–रे सेवा चाँहि कोशी अस्पतालबाट चिकित्सक बोलाएर गराउनु पर्ने बाध्यताका कारण दिउँसो १ बजेलाई तोकिएको जानकारी दिए । जसका कारण बिरामीले भनेकै बेलामा सेवा नपाएपनि पर्खनसक्नेहरुले दैनिक सेवा पाउने गरेको उनले बताए ।

इन्चार्ज भगतले भिडियो एक्स–रे सेवालाई समेत नागरिकमैत्री बनाउनका लागि जनशक्ति व्यवस्थापन गर्नुपर्ने भएकोले केहि निश्चित समयपछि योजना बनाउने जानकारी दिए । उनले भने–महानगरपालिकासँग यस विषयमा सकारात्मक प्रस्ताव लिएर छलफल बढाउने छु, यथासंभव नागरिकको माग अनुसारकै सेवा दिने कुरामा सहजीकरण हुने अपेक्षा राखेको छु । महानगरको रानी अस्पतालमा भिडियो एक्स–रे गराउँदा पाँचसय रुपैयाँ सेवाग्राहीले बुझाउनु पर्दछ । जबकी कोशी अस्पतालमा ६०० र निजी अस्पतालमा ७५० रुपैयाँ बुझाएपछि मात्रै यो सेवा लिन सकिन्छ ।

विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख दिलिप यादवले रानी अस्पतालमा थप सेवाको रुपमा सुरु गरिएको भिडियो एक्स–रे सेवाका लागि बाहिरबाट दक्ष चिकित्सक बोलाउनु पर्ने भएकोले समय तोकिएको बताएका छन् । उनले जनशक्ति व्यवस्थापन गर्ने विषयमा सकारात्मक योजना बनिरहेकोले नागरिकको माग र आवश्यकताका आधारमा रेडियोलोजिष्ट व्यवस्थापन गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्