नेपाली कलाकार सुनिल पोखरेल ‘वाक अफ फेम’बाट सम्मानित समाचार झुटो

<span class='c1'>नेपाली कलाकार सुनिल पोखरेल ‘वाक</span> <span class='c2'>अफ फेम’बाट सम्मानित समाचार झुटो</span>

काठमाडौं । नाटक निर्देशक तथा अभिनेता सुनिल पोखरेल हलिउडको प्रसिद्ध ‘वाक अफ फेम’बाट सम्मानित भएका समाचार झुटो सावित भएको छ।

हलिउडको प्रसिद्ध सम्मान ‘वाक अफ फेम’ पाएको भनेर प्रचार भएपछि पोखरेलले उक्त समाचार झुटो भएको सामाजिक संजाल फेसबुकबाट जानकारी दिएका छन्।

सुनीलले फेसबुकमा लेखेका छन् :“साथी हो, यो बेकारको हल्लाबाट मलाई मुक्त गरिदिनुहोस् । म यसमा संलग्न छैन । यस्ता हावा कुरामा मलाई विश्वास पनि छैन,”।

नाटक निर्देशक तथा अभिनेता सुनीलले ‘वाक अफ फेम’ सम्मान पाएको भन्दै उनकै श्रीमतीसमेत रहेकी नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति तथा वरिष्ठ नाट्यकर्मी निशा शर्माले सामाजिक सञ्जालमा लेखेपछि यसबारे सञ्चारमाध्यममा समाचार आएको थियो ।

तर, उक्त सम्मान सुनीलले नपाएको भन्ने कुरा आएपछि निशा स्वयंले पनि आफूलाई अमेरिकामा बस्ने साथीले झुक्याएको बताएकी छन् । उनले नाम नै उल्लेख गर्दै च्याटबक्सको म्यासेज समेत सार्वजनिक गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्