विराटनगरको आरोहण गुरुकुलमा दिल्ली पब्लिक स्कुलको ‘छिमेकी’ मञ्चन

<span class='c1'>विराटनगरको आरोहण गुरुकुलमा दिल्ली</span> <span class='c2'>पब्लिक स्कुलको ‘छिमेकी’ मञ्चन</span>

विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको तेस्रो दिन दोस्रो दिन सोमबार ‘छिमेकी’ मञ्चन भएको छ ।

हाटखोलास्थित गुरुकुलमा दिल्ली पब्लिक स्कुलका विद्यार्थी मयुरेस वर्माद्धारा निर्देशित नाटक मञ्चन भएको हो ।

गुरुप्रसाद मैनालीकोद्धारा लिखित कथालाई नाटकको रुप दिई मञ्चन गरिएको नाटकमा सोही विद्यालयका विद्यार्थी सौम्या शाह, मुकुल अग्रवाल, आराध्य रौनियार, हिमांशु भट्टराई, प्रियांशु प्रधान लगायतले अभिनय गरेका थिए । नाटकमा दुई छिमेकी बीचको सम्बन्धलाई केलाइएको थियो । आरोहण गुरुकुल विराटनगरको आयोजनामा शुरु भएको महोत्सवमा मंगलबार आदर्श माध्यमिक विद्यालयले भविष्य निर्माण नामको नाटक मञ्चन गर्नेछ ।

भदौ ३१ गतेसम्म बालकृष्ण पोखरेल नाटकघरमा हुने महोत्सवमा विराटनगर, विराटचौक, बेलबारी, रङ्गेलीबाट ९ विद्यालयहरुले दैनिक एउटा नाटक मञ्चन गर्दैछन् । बुधबार ग्रीनल्याण्ड सेकेण्डरी स्कुलले रङ, बिहीबार पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलले एक पटक बोलेको एक रुपैयाँ मञ्चन गर्नेछ । यस्तै शुक्रबार नमुना विद्या मन्दिरले जिम्मेवारी कसको ?, शनिबार मोरङ ज्ञानोदय सेकेण्डरी इङ्लिस स्कुलले स्मार्ट बन्द, आइतबानर सुबिजिमुर मेमोरियल सेकेण्डरी स्कुलले ‘ज्ञ’ र अन्तिम श्री एकता सेकेण्डरी स्कुलले साबित्रीको बाख्रो मञ्चन गर्नेछ । महोत्सवमा उत्कृष्ट नाटक, उत्कृष्ट लेखक, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता तथा अभिनेत्रीलाई अवार्डको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्