विराटनगरको श्री दुर्गा मन्दिरमा प्राण प्रतिष्ठा समारोह हुने

<span class='c1'>विराटनगरको श्री दुर्गा मन्दिरमा</span> <span class='c2'>प्राण प्रतिष्ठा समारोह हुने</span>

विराटनगर । विराटनगर-६ सरौचियामा रहेको श्री दुर्गा मन्दिरमा प्राण प्रतिष्ठा समारोह हुने भएको छ।

भदौ २५ गतेदेखि ३० गतेसम्म भव्य प्राण प्रतिष्ठा समारोह आयोजना हुने भएको हो ।

श्री दुर्गा मन्दिर प्राण प्रतिष्ठा समारोह आयोजक समितिका अनुसार कार्यक्रम भदौ २५ गते मंगलबार बिहान मण्डप पूजा र पूर्वाङ्गिका विधिबाट शुरु हुनेछ। त्यसपछि भदौ २८ गते शुक्रबार बिहान श्रद्धालुहरूले विराटनगरको प्रमुख मार्गहरूमा विशाल नगर परिक्रमा गर्नेछन्।

भदौ २९ गते शनिबार बिहान पूर्णाशुती पश्चात् भक्तजनहरूलाई टीका र प्रसाद वितरण गरिनेछ। कार्यक्रमको समापन भदौ ३० गते आइतबार हुने २४ घण्टे अष्टजाम कार्यक्रमसँगै हुनेछ । जसमा निरन्तर भजन कीर्तन र पूजा आराधना हुने आयोजकले जनाएको छ । समारोह आयोजक समितिकाले यो कार्यक्रम केवल धार्मिक मात्र नभई सामाजिक एकता र सांस्कृतिक संरक्षणको प्रतीक पनि भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्