विराटनगरमा हुलाकी राजमार्ग निर्माण अलपत्र परेपछि स्थानीयद्वारा आन्दोलनको चेतावनी

<span class='c1'>विराटनगरमा हुलाकी राजमार्ग निर्माण अलपत्र</span> <span class='c2'>परेपछि स्थानीयद्वारा आन्दोलनको चेतावनी</span>

इन्दु साह
विराटनगर । विराटनगर–५ मा हुलाकी राजमार्ग अन्तर्गतको ३ किलोमिटर सडक निर्माण कार्य अलपत्र परेपछि स्थानीयहरू आक्रोशित भएका छन्। वर्षौंदेखि अधुरो रहेको यस सडकको निर्माण कार्य रोकिएपछि स्थानीयहरूले आन्दोलनको चेतावनी दिएका हुन्।

गणेशचौकदेखि केशलिया पुलसम्मको ३ किलोमिटर १९५ मिटर सडक निर्माण कार्य ठेकेदारले बीचमै छोडेको छ । चाडपर्वको समयमा सडकमा हिँड्नै नमिल्ने अवस्था सिर्जना भएको छ। स्थानीयहरूका अनुसार पाहुनाहरू समेत आउन नसक्ने अवस्था छ। सडकमा ठाउँ–ठाउँमा पानीले भरिएका खाल्डाहरू छन् । जसले गर्दा सवारी साधन चलाउन अत्यन्त कठिन भएको छ।

सोमबार जाुनगाछिका स्थानीयहरूले जिल्ला प्रशासन कार्यालयमा छलफल गरेका छन्। विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालालाई साथमा लिएर स्थानीयहरू जिल्ला प्रशासन कार्यालय पुगेका थिए। छलफलमा मंगलबार महानगरपालिकामा हुलाकी राजमार्ग निर्देशालय, योजना कार्यालय इटहरीका प्रमुख, निर्माण व्यवसायीसँग छलफल गराउने प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले प्रतिवद्धता जनाएका छन् ।

स्थानीय भन्छन् वर्षौंदेखि यस सडकको पीडा भोगिरहेका छौं। अब हामीसँग धैर्य गुमाउनु बाहेक अरू विकल्प छैन। यदि मंगलबारको बैठकले ठोस समाधान निकाल्न सकेन भने, हामी कडा आन्दोलनमा उत्रने छौं। यस सडक निर्माणको इतिहास हेर्दा २०८० साउन १६ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी भूमि कन्ट्रक्सनले ठेक्का लिएको थियो। तर उक्त कम्पनीले काम नगरी हात झिकेपछि देव एण्ड सायर कन्ट्रक्सनलाई निर्माणको जिम्मा दिइएको थियो। यस कम्पनीले पनि तोकिएको म्यादभित्र काम सम्पन्न गरेको छैन।

स्थानीयहरूले राजनीतिक दलका नेताहरूलाई समेत बारम्बार दबाब दिँदै आएका छन्। उक्त सडक आसपासका स्थानिय भन्छन् सडक केवल यातायातको माध्यम मात्र होइन, यो हाम्रो दैनिक जीवनको अभिन्न अंग हो। यसको निर्माण नहुँदा हाम्रो व्यापार, शिक्षा र स्वास्थ्यमा समेत नकारात्मक असर परेको छ। स्थानीय प्रशासन र निर्माण कम्पनीहरूले यस विषयमा आधिकारिक टिप्पणी गर्न अस्वीकार गरेका छन्। तर, मंगलबारको बैठकपछि केही ठोस निणर्य आउने अपेक्षा गरिएको छ। स्थानियले मंगलबारको छलफलबाट पनि अन्तिम निष्कर्ष नआए पार्टीको झण्डा जलाउने लगायतका कार्यक्रम गर्ने चेतावनी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्