विराटनगरमा खुल्यो राजश्री विश्वविद्यालयको सम्बन्धनमा बैदेही ज्ञानुकञ्ज कलेज

<span class='c1'>विराटनगरमा खुल्यो राजश्री विश्वविद्यालयको</span> <span class='c2'>सम्बन्धनमा बैदेही ज्ञानुकञ्ज कलेज</span>

इशु पन्त
विराटनगर । विराटनगरमा राजश्री विश्वबिद्यालय अन्तर्गतको सम्बन्धन लिएर बैदेही ज्ञानकुञ्ज (भीजी) कलेज सञ्चालनमा आएको छ । भीजीले बिबिए र बि.एससी.सीएसआईटीका शैक्षिक कार्यक्रमको अध्यापन गराउने छ । सञ्चालकले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर कलेज स्थापना र शैक्षिक कार्यक्रम बारे जानकारी दिएका छन् । कलेजका प्रमुख ए. के. दासले यी कार्यक्रमहरूले विद्यार्थीहरूलाई व्यवसायिक र सिर्जनात्मक बनाउने दावी गरेका छन् ।

भीजीले दुवै शैक्षिक कार्यक्रममा ४०/४० सिटको कोटा पाएको छ । विद्यार्थीको भर्ना अनुपातलाई हेरेर कोटा थप गर्न सकिने दासले बताएका छन् । उनका अनुसार ४० सिटमध्ये ८ सिटहरू छात्रवृत्ति कोटा तोकिएको छ । कलेजको पाठ्यक्रम फरक रहेको र शुल्क कम भएकोले विद्यार्थीहरूलाई सहज हुने विश्वास गरिएको छ। बिबिए कार्यक्रमको शुल्क तीन लाख ३० हजार रुपैयाँ रहेको छ भने बि.एससी.सीएसईटिको शुल्क तीन लाख ८५ हजार रुपैयाँ तोकिएको छ ।

कलेज प्रमुख दासले यस कलेजले अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालयहरूसँग प्रतिस्पर्धा गर्न कुनै समस्या नहुने बताएका छन्। कलेजले केवल किताबी ज्ञान मात्रै नभएर भविष्यका लागि योग्य जनशक्ति उत्पादन गर्नेमा पनि जोड दिने दावी छ । मधेश प्रदेशमा ६ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गरेको राजश्री विश्वविद्यालयले कोशी प्रदेशमा सम्बन्धन दिन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्