चलचित्र ‘एकरात’को विराटनगरमा शुभमुहुर्त

<span class='c1'>चलचित्र ‘एकरात’को</span> <span class='c2'>विराटनगरमा शुभमुहुर्त</span>

विराटनगर । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइराला (विपि) को कृति ‘एक रात ’ कथामा आधारित नेपाली कथानक चलचित्र बन्ने भएको छ ।
विराट फिलिम्स् विराटनगरको प्रस्तुतिमा बन्न लागेको ठुलो पर्दाको नेपाली कथानक चलचित्र ‘एक रात’ को सोमबार एक कार्यक्रमको आयोजना गरी शुभमुहुर्त गरिएको हो ।
विराटनगरको हाटखोला स्थित शुशिला नाटक घर आरोहण गुरुकुलमा विपिको १११ औँ जन्म जयन्तीको अवसर पारेर फिल्मको शुभमहुर्त गरिएको छ ।

ईन्द्रेणी कला प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ गायक रामा मण्डलले फिल्मको क्याल्प बोर्ड बजाई शुभारम्भ गरिएको थियो भने नरिवल फोडेर फिल्मको केही अंश छायाकंन समेत गरिएको थियो । निरङ्कुस शासकहरु विरुद्ध क्रान्तिकारीको आन्दोलनमा होमिएपछि राजतन्त्रबाट गिरफतारीमा परेर जेलमा विताएका क्षणहरुलाई एक रात फिल्ममा उतार्न खोजिएको निर्देशक ईन्द्र परियारले जानकारी दिए ।


फिल्ममा निरज ब्ल्याक ,संगिता यादव , डोमी कामत, अंशु गुप्ता, सविना श्रेष्ठ लगायत प्रदेश १ का कलाकारहरुलाई समेटिएको छ । शुभमुहुर्त कार्यक्रममा कोपीकृष्ण मुभिजका प्रवन्द्धक निर्देशक प्रदिप दाहालको अध्यक्षतामा भएको कार्यक्रममा पुर्वाअञ्चल विश्व विद्यालय अन्र्तगतको कला शिक्षा र कानुन संकायका डिन अनिल पोखरेल , वरिष्ठ साहित्यकार खेम नेपाली, लगायतले फिल्म निर्माण टिमलाई शुभकामना दिए । ‘एक रात’ फिल्मको परिकल्पना प्रदिप दाहालले गरेका छन् भने निर्देशन ईन्द्र परियार र राजकुमार कार्कीले गर्दै छन् । फिल्मको छायांकन निरज तिमल्सिनाले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्