नेपाली कलाकार एससी सुमनका कृति श्रीलंकाको अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा

<span class='c1'>नेपाली कलाकार एससी सुमनका कृति</span> <span class='c2'>श्रीलंकाको अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा</span>

विराटनगर । विराटनगर घर भएका प्रख्यात चित्रकार सुबोध चन्द्र दास (एससी सुमन) का कलाकृतिहरू श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित "कोलम्बो आर्ट एक्स्पो २०२४" मा प्रदर्शित भएका छन्। र यति बेला उक्त प्रदर्शनीका लागि एससी सुमन स्वयम श्रीलंका पुगेका छन् । जहाँ उनले यति बेला देश विदेशका कलाकर्मीहरुसँग भेटघाट समेत गरिरहेका छन् ।

प्रदर्शनीमा रहेका अन्तराष्ट्रिय कलाकारहरुका कलाकृतिहरु

 

यो अन्तर्राष्ट्रिय स्तरको कला प्रदर्शनीमा ८ देशका ४० जना कलाकारहरूले आफ्ना सिर्जनाहरू प्रस्तुत गरेका छन्।

प्रदर्शनीमा रहेको सुबोध चन्द्र दास (एससी सुमन) को कलाकृतिहरू

एनएसजी कलाकार समूह र युनिभर्सिटि अफ द भिजुअल एन्ड पर्फर्मिङ आर्ट्सको संयुक्त आयोजनामा भएको यो प्रदर्शनीमा चित्रकला, मूर्तिकला, सिरामिक र प्रिन्टमेकिङका कृतिहरू समावेश छन्।

प्रदर्शनीमा रहेका अन्तराष्ट्रिय कलाकारहरुका कलाकृतिहरु

प्रदर्शनीमा कलाकृतिहरूको प्रदर्शनका साथै आर्ट क्याम्प, वर्कशप र लाइभ डेमो जस्ता इन्टरेक्टिभ कार्यक्रमहरू पनि आयोजना गरिएको छ। यसले विभिन्न देश र संस्कृतिका कलाकारहरूलाई एकै थलोमा ल्याएर कलाको माध्यमबाट विश्वव्यापी एकताको सन्देश फैलाउने लक्ष्य राखेको छ।

प्रदर्शनीमा रहेका अन्तराष्ट्रिय कलाकारहरुका कलाकृतिहरु

यो प्रदर्शनी कला प्रेमीहरूका लागि एशिया र विश्वका उत्कृष्ट कलाकृतिहरू नजिकैबाट नियाल्ने र कलाकारहरूसँग अन्तरक्रिया गर्ने अवसरका रुपमा आयोजना गरेको हो ।

प्रदर्शनीमा रहेका अन्तराष्ट्रिय कलाकारहरुका कलाकृतिहरु

४० वर्षदेखि चित्रकलामा सक्रिय एससी सुमन नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा लोककला विभागको पूर्व प्रमुख हुन् ।

चित्रकार सुबोध चन्द्र दास (एससी सुमन)

मिथिला चित्रकलामा विशेष रुचि भएका उनको चित्रहरुमा मिथिला संस्कृति मात्र होईन, प्रकृति र वातावरण, ईतिहास र मानव सभ्यता, वर्तमान राजनितिदेखि अन्तरिक्ष र समयका कुराहरु पनि हुन्छ ।

[caption id="attachment_274445" align="alignnone" width="1992"] प्रदर्शनीमा रहेका अन्तराष्ट्रिय कलाकारहरुका कलाकृतिहरु[/caption]

उनका कृतिहरू बेलायत, चीन, श्रीलंका जस्ता देशमा गरि ४० भन्दा बढी सामुहिक प्रदर्शन तथा नेदरल्याण्ड ,अष्ट्रेलिया जस्ता देशमा गरि १८ भन्दा बढी एकल प्रदर्शन भएका छन् । र उनका पेन्टिङहरु लाखौं रुपैयाँमा बिक्री हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्