‘साम्बाला’ निर्देशक भामसँग भारतीय कलाकार नवाजुद्दिनको अन्तरक्रिया

<span class='c1'>‘साम्बाला’ निर्देशक भामसँग भारतीय</span> <span class='c2'>कलाकार नवाजुद्दिनको अन्तरक्रिया</span>

काठमाडौं । मीनबहादुर भामद्वारा निर्देशित चलचित्र ‘साम्बाला’ हेर्न नेपाल आएका भारतीय कलाकार नवाजुद्दिन सिद्दिकीले निर्देशक भामसँग अन्तरक्रिया गरेका छन् ।

सोमबार मण्डला थ्रेटरमा यी दुईबीच अन्तरक्रिया कार्यक्रम भएको हो ।

ठमेलस्थित छायाँ सेन्टरमा आइतबार भएको प्रिमियर सो हेर्न उनीहरू नेपाल आएका हुन् । कलाकार सिद्दिकीले आफू नेपाल पहिलोपटक आएको बताउँदै साम्बाला फिल्म हेर्ने लोभले नै नेपाल आउन आकर्षित गरेको बताए । चलचित्र ‘साम्बाला’ जर्मनीस्थित बर्लिनको ७४ औँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोटमा परेको थियो । साढे दुई घण्टा अवधिको चलचित्रमा तिब्बतीय जनजीवन समेटिएको छ । बहुपती विवाहित एक गर्भवती महिलाले व्यापार गर्न ल्हासा पुगेर बेपत्ता भएका श्रीमान् खोज्दा भोग्नुपरेको कष्टकर यात्रा चलचित्रमा प्रस्तुत गरिएको छ ।

साम्बालामा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्य लगायतको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्