उपसभामुखलाई पदबाट हटाउने कुरा स्वीकार्य हुँदैन : सांसद परियार

<span class='c1'>उपसभामुखलाई पदबाट हटाउने कुरा स्वीकार्य</span> <span class='c2'>हुँदैन : सांसद परियार</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले सरकारले उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाउने कुरा मान्य नहुने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद परियारले राज्य लोकतन्त्रमाथि आक्रमण गर्न लागेको बताए ।

उनले भने, ‘जब शासकहरु भ्रष्ट हुन्छन्, जब शासन सत्ताले राज्यका सबै अंग वा निकायहरुलाई निकम्मा बनाउँछ त्यसपछि राज्यहरु असफल हुँदा रहेछन्। आज बिहान समाचारहरु हेर्दा मलाई लाग्छ राज्य पनि लोकतन्त्रमाथि आक्रमण गर्दैछ । उपसभामुखलाई महाअभियोग लगाउने जस्तो कुरा सामान्य होइन।’ साथै उनले आजको सहजताका लागि काम गरे भोलि समस्या हुने चेतावनी दिए । उनले भने, ‘एक वर्ष वा दुई वर्ष तपाईंले जित्नुहोला । स्मरण रहोस् तपाईंहरू आफैंले खनेको खाल्डोमा पर्नुहुनेछ । राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा राजनीतिक मुद्दा गुमाउला, सम्मानित पद गुमाउँला तर लोकतन्त्रका लागि राष्ट्रिय स्वतन्त्र पार्टी सधैं लड्ने छ । नेपाली लोकतन्त्र यति कमजोर हो, लोकतन्त्रको हुर्मत लिने हो ?’

उनले संख्या र सत्ता शक्तिको नाममा राज्य चलाउने हो भने जनताको सार्वभौम सत्ता अघि कोही पनि नटिक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्