विद्यालयस्तरीय ‘विराटनगर बास्केटबल कप’ पाचौं संस्करणको पुरुषतर्फ सेमिफाइनल समीकरण पुरा

<span class='c1'>विद्यालयस्तरीय ‘विराटनगर बास्केटबल कप’ पाचौं</span> <span class='c2'>संस्करणको पुरुषतर्फ सेमिफाइनल समीकरण पुरा</span>

विराटनगर । विराटनगरमा विद्यालयस्तरीय 'विराटनगर बास्केटबल कप'को पुरुषतर्फको सेमिफाइनल समीकरण पुरा भएको छ।

पाचौं संस्करणको बास्केटबल कपको पुरुषतर्फ सेमिफाइनल पुग्ने चार टोलीको टुङ्गो लागेको हो ।

समुह 'ए' को विजेता विकेभिए र उपविजेता सगरमाथा स्कुल र समुह 'बी' को विजेता एभरेष्ट र उपविजेता बन्दै शिक्षादीप अन्तिम चारमा पुगेका छन् ।

अब पहिलो सेमिफाइनलमा विकेभिएले शिक्षादीपसँग र दोस्रो सेमिफाइनलमा एभरेष्टले सगरमाथासँग खेल्नेछ ।

विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा भदौ ९ गते देखि २९ गतेसम्म प्रतियोगिता संचालन भईरहेको छ। उक्त प्रतियोगिताको सेमिफाइनलमा खेल भने भदौ २७ गते हुनेछ। भने फाइनल खेल भदौ २९ गते हुने आयोजकले जनाएको छ।

कार्यक्रम संयोजक दिपेश कट्वालका अनुसार, यस वर्षको प्रतियोगितामा पुरुषतर्फ ६ वटा र महिलातर्फ ५ वटा टिम सहभागी रहेका छन्। यो संस्करणमा होम एण्ड अवे फर्म्याटको लिग प्रणाली अपनाइएको छ, जसमा प्रत्येक टिमले पहिलो चरणमै ६ खेल खेलेका छन्, ३ खेल आफ्नो होम कोर्टमा र ३ खेल प्रतिद्वन्द्वीको होम कोर्टमा खेलेका छन्। तर महिलातर्फ भने एउटा टिमले सबै टिमसग प्रतिस्पर्धा गर्नु पर्ने छ। "यो फर्म्याटले खेलाडीहरूलाई विभिन्न वातावरणमा खेल्ने र आफ्नो कौशल विकास गर्ने अवसर प्रदान गर्ने छ," संयोजक कट्वालले भने।

उक्त प्रतियोगिताको पुरुषतर्फ दुई समुहमा विभाजन गरिएको थियो। जसमा समुह 'ए' मा अरनिको,विकेभिए,सगरमाथा रहेका थिए। भने समुह 'बी' मा आदर्श,शिक्षादीप र एभरेष्ट रहेका थिए । त्यसैगरी महिलातर्फ विकेभिए,अरनिको,सगरमाथा, हेरिटेज र एभरेष्ट स्कुलले सहभागीता जनाएका छन्। महिलातर्फको लिग चरण जारी रहेको छ।

प्रतियोगीताको विजेतालाई ट्रफी,मेडल र प्रमाणपत्रको व्यवस्था रहेको आयोजकले जनाएको छ। म्यानअफ द म्याच र सर्वोत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ।

गत वर्षको चौथो संस्करणमा बिकेभिएम स्कुलले एभरेष्ट स्कुललाई ३९-३७ को अन्तरले हराउँदै बास्केटबल लिगको उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्