विराटनगरमा भदौ २७–३० गतेसम्म कृषि एक्स्पोको तयारी, लिन पाइन्छ विश्वविद्यालयसँग लोकसेवा ज्ञान

<span class='c1'>विराटनगरमा भदौ २७–३० गतेसम्म कृषि एक्स्पोको</span> <span class='c2'>तयारी, लिन पाइन्छ विश्वविद्यालयसँग लोकसेवा ज्ञान</span>

विराटनगर । आगामी भदौ २७ गतेदेखि ३० गतेसम्म कृषि, उद्योग तथा पशुपंक्षीको बृहत प्रदर्शनी कृषि–एक्स्पो २०८१ को सम्पूर्ण तयारी पूरा भएको छ । विराटनगर, तीनपैनी हनुमानमन्दिर रोड सिंघिया पारी कृषि थोक बजार कटहरीमा आयोजना हुने एक्स्पोका तयारी बारे पत्रकार सम्मेलन गरेर मंगलबार जानकारी दिइएको हो ।

कोशी प्रदेशमा प्रादेशिक अर्थतन्त्रको एकतिहाई भन्दा बढि हिस्सा ओट्ने कृषिजन्य उत्पादनको प्रवद्र्धन र विस्तारको सम्भावनालाई दृष्टिगत गरेर उत्पादन वृद्धि, बजारीकरण, मूल्य अभिवृद्धिको विकासका लागि एक्स्पो आयोजना गर्न लागिएको छ । जसले रोजगारी सिर्जनाका साथै राष्ट्रिय अर्थतन्त्रको विस्तारमा सघाउ पुर्याउने लक्ष्य राखिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले यो स्तरको कृषि एक्स्पो पहिलो पटक आयोजना गर्न लागेको हो । २०८१ भाद्र २७ देखि ३० गतेसम्म कटहरी कृषि थोक बजारमा १३० स्टल कृषिसँग आकर्षक वस्तुहरुले भरिने छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले कृषि एक्स्पो तयारी बारे पत्रकार सम्मेलनमा जानकारी दिदैं भने–काठमाण्डौं र चीतवनमा सफल हुने कृषि एक्स्पो कोशी प्रदेशमा पहिलो पटक सार्थक र सफल हुनेमा विश्वास व्यक्त गरेको छु ।

उनका अनुसार एक्स्पोका मुख्य आकर्षणहरु नविनतम् औजार, यन्त्र तथा प्रविधिको प्रदर्शनी, उन्नत जातका पशुपंक्षी प्रदर्शनी, पर्यावरण–मैत्री ज्ञान, सीप र प्रविधि, कृषि विज्ञसँग छलफल तथा सेमिनार कार्यक्रम, नयाँ अनुसन्धान र परियोजनाहरूको प्रस्तुती, बजार तथा व्यापारका अवसरहरु, पशुपंक्षी तथा कृषि उपज प्रतियोगिता, खेतदेखी भान्साको अनुभव तथा फुड फेस्टिवल रहने छन् ।
जिल्ला बाहिरबाट मेला अवलोकन गर्न आउने कृषकका लागि निःशुल्क खाना तथा आवासको व्यवस्था गरिएको अध्यक्ष राउतले जानकारी दिए । एक्स्पोलाई व्यवस्थित र सहज बनाउन ५ वटा व्लक छुटयाइएको छ । जसमा ए मा पशुपंक्षी, बी मा कृषि, सी मा मेशिनरी डी मा फूड स्टल र ई मा गोष्ठी तथा परामर्श सेवा रहेको जानकारी दिइएको छ ।

एक्स्पोमा १३० वटा स्टल रहने जानकारी दिइएको छ । जसमा भारतको बिहार तथा कोलकत्ताबाट २० वटा स्टल आउने छन् ।
एक्स्पो अवधिभर कृषि, पशुपंक्षी, कष्टम हाइरिंग, क्लाईमेट चेन्ज, जैविक मल तथा विषादी बनाउने र प्रयोग विधि लगायतका विषयमा नेपाल तथा भारतका विज्ञबाट संवाद कार्यक्रम राखिएको छ । यसैगरी कृषि व्यवसायी बीच विटुवी कार्यक्रम समेत राखिएको छ ।
काठमाण्डौं विश्वविद्यालयले कृषि विषयमा परामर्श दिने कार्यक्रम यस पटक राखिएको छ । जुन लोकसेवाको तयारीमा रहेका परिक्षार्थीहरुका लागि उपयोगी अनुमान गरिएको छ ।

एक्स्पोमा जिल्ला नगर उद्योग वाणिज्य संघहरु, कृषि ज्ञान केन्द्र, १३७ वटा स्थानीय तह, कृषक, कृषी व्यवसायी, सहकारी, काठमाण्डौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, कृषि कलेजबाट सहभागी हुने अपेक्षा राखिएको छ । उद्घाटन कार्यक्रममा भारत, विहार राज्यका कृषि मन्त्री लगायत कृषि विभाग र विज विभागका विज्ञहरुको सहभागिता रहने जानकारी राउतले दिएका छन् । कृषि एक्स्पोमा प्रवेश निःशुल्क गरिएको छ ।

कोशी प्रदेश सरकार, उद्योग कृषि तथा सहकारी मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ, स्वीस सरकार विकास सहयोग एसडीसीले एक्स्पोको प्रवद्र्धन गरिरहेको छ भने नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) र कटहरी गाउंपालिका सहयोगी संस्था रहेका छन् ।
यसैगरी एक्स्पोको मुख्य प्रायोजकमा ग्लोबल आईएमई बैंक रहेको छ भने प्रायोजकमा बोहरा ग्रुप, कृषि विकास बैंक र मुक्तीनाथ कृषि विकास कम्पनी लि. रहेका छन् । यसैगरी एक्स्पोको सह प्रायोजकमा एनएमवि बैंक, सिद्धार्थ बैंक, नविल बैंक, बुढीगंगा गाउंपालिका र जहदा गाउंपालिका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्