विराटनगरका पाँच स्थान निषेधित क्षेत्र घोषणा

<span class='c1'>विराटनगरका पाँच स्थान</span> <span class='c2'>निषेधित क्षेत्र घोषणा</span>

विराटनगर । विराटनगरका पाँच स्थानलाई स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा नजिकै आमरण अनशन बस्ने घोषणा गरेको भोलिपल्ट जिल्ला प्रशासन कार्यालय मोरङले केहि स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सूचना जारी गर्दै निषेधित क्षेत्र तोकिएका स्थानमा सभा, जुलुस, धर्ना लगायतका गतिविधिमा रोक लगाएको जानकारी गराइएको हो ।

आफ्नो कार्यकालमा लागू गरिएका केही कल्याणकारी योजना वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले हटाइदिएको भन्दै पूर्व मुख्यमन्त्री केदार कार्कीले मंंगलबार दिउँसो ४ बजेदेखि प्रदेश सभा परिसरमा अनशन बस्ने घोषणा गरेका थिए । प्रशासनले मङ्गलबार दिउसो जरुरी सूचना जारी गर्दै ३ बजेदेखि लागू हुने गरि निषेधित क्षेत्र घोषणा गरेको हो ।

कोशी प्रदेशसभा सचिवालयको कार्यालय क्षेत्र रहेको देवकोटा चोकदेखि अस्पताल चोकसम्म, मुख्यमन्त्री कार्यालय रहेको रोडशेष चोकदेखि जतुवा चोकसम्म, कोशी प्रोजेक्टस्थित मुख्यमन्त्री निवास वरपर, प्रदेश प्रमुखको कार्यालय र निवास वरपरको ३०० मिटर क्षेत्र र जिल्ला प्रशासन कार्यालय मोरङ क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको जनाइएको छ ।

अर्को आदेश नभएसम्मका लागि सर्वसाधारणको आउजाउ र सवारी साधन बाहेक कुनैपनि किसिमको सभा, जुलुस, भेला र्याली, धर्ना, प्रदर्शनी लगायतका विरोध जन्य कार्यहरू गर्न स्थानीय प्रशासन ऐन अनुसार निषेध गरिएको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्