‘मन बिगारेर सक्नु हुन्न जीवन’

<span class='c1'>‘मन बिगारेर सक्नु</span> <span class='c2'>हुन्न जीवन’</span>

इन्दु साह
विराटनगर । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङले विभिन्न संघसंस्था र विद्यालयमा सचेतना कार्यक्रम आयोजना गरेको छ । प्रहरीले आत्महत्या रोकथाम सम्बन्धी सचेतना कार्यक्रम गरेको हो । समुदाय प्रहरी साझेदारी अन्तरगत विभिन्न समयमा प्रहरीले यस्ता कार्यक्रम गर्ने गरेको छ ।

मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा आत्माहत्या सम्बन्धी ९७९ मुद्दा दर्ता भएका छन् । २०८०÷८१ मा मात्र ३२० वटा घटनाका मुद्दा दर्ता भएका छन्। यसैगरी मोरङ जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दाहरूको संख्या पनि उल्लेखनीय रहेको छ। चालु आर्थिक वर्षमा ८ मुद्दा दर्ता भएका छन् भने गत वर्ष १७ र त्यसअघिल्लो वर्ष १२ मुद्दा दर्ता भएका थिए।

मुलुकी अपराध संहिता २०७४ ले आत्महत्या गर्न दुरुत्साहन दिनेलाई कडा सजायको व्यवस्था गरेका छ । मुलुकी अपराध संहिता २०७४ को दफा १८५ ले आत्महत्या गर्न दुरुत्साहन दिन नहुने स्पष्ट व्यवस्था गरेको छ। यस कानून अनुसार कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिने वा त्यस्तो परिस्थिति खडा गर्ने व्यक्तिलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान छ। आत्महत्या दुरुत्साहनका घटनाहरू सामाजिक सञ्जालको दुरुपयोग, मानसिक स्वास्थ्य सेवाको कमी, र जागरूकताको अभाव मुख्य कारण हुन्।

मोरङ जिल्ला प्रहरी कार्यालयले यस्ता घटनाहरूलाई गम्भीरतापूर्वक लिईरहेको बताएका छन् । सोहि अनुसार समुदायमा जनचेतना फैलाउने कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिए । उनीहरुले विद्यालय र कलेजहरूमा विशेष कार्यक्रमहरू आयोजना गरी युवाहरूलाई यस विषयमा सचेत गराईरहेका छन् । विषेश गरी प्रहरीले युवा वर्गलाई लक्षित गरी मानसिक स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्नु, परामर्श सेवाहरूको पहुँच बढाउनु, र सामाजिक सञ्जालको सकारात्मक प्रयोगलाई प्रोत्साहन गर्नु आवश्यक देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्