विराटनगरमा अधुरो हुलाकी राजमार्ग निर्माण बुधबारबाट थालिने

<span class='c1'>विराटनगरमा अधुरो हुलाकी राजमार्ग</span> <span class='c2'>निर्माण बुधबारबाट थालिने</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकामा मंगलबार हुलाकी राजमार्ग आयोजना सम्बन्धी बैठक सम्पन्न भएको छ। महानगरपालिका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा सम्पन्न बैठकले विराटनगर ४ र ५ को सीमामा रहेको जामुनगाछी सडक खण्डको काम बुधबारबाटै गर्ने सहमति भएको हो ।

हुलाकी राजमार्ग आयोजना इटहरीसँग भएको छलफलमा जामुनगाछीमा रहेको हुलाकी राजमार्गको सडक खण्डको काम भोलिदेखि नै द्रुत गतिमा सुरु गर्ने उल्लेख छ । तत्कालका लागि यातायात सहज बनाउन सडक मर्मत गरिने र तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाइएको छ।

यसैगरी धुधुवा पैनीको पानी निकासका लागि कल्भर्ट निर्माण गरिने निणर्य गरिएको छ । जसले वडा नं. ४ र ५ मा हुने डुबानको समस्या समाधान गर्ने अपेक्षा गरिएको छ। महानगरपालिकाले यी सबै कार्यहरूमा आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

यस बैठकमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई लगायत विभिन्न सरोकारवाला र स्थानीयवासीहरूको उपस्थिति रहेको थियो। यो निणर्यले लामो समयदेखि अलपत्र रहेको हुलाकी सडक खण्डको निर्माण कार्य अघि बढ्ने र स्थानीय बासिन्दाहरूले राहत पाउने आशा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्