विराटनगरमा निषेधित क्षेत्र तोकिएकै स्थानमा पूर्वमुख्यमन्त्री कार्की अनसनमा

<span class='c1'>विराटनगरमा निषेधित क्षेत्र तोकिएकै</span> <span class='c2'>स्थानमा पूर्वमुख्यमन्त्री कार्की अनसनमा</span>

विराटनगर । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन सुरु गरेका छन् । कार्कीले विराटनगरस्थित कोसी प्रदेशसभा सचिवालय पूर्वपट्टिको वनसखण्डी मन्दिरअगाडि मंगलबार अपराह्नदेखि अनशन थालेका हुन् ।

कोसी सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कटौती गरेको, गरिब जेहेनदार विद्यार्थीलाई दिइने छात्रवृत्ति हटाएको, महिला स्वयंसेविकाको प्रोत्साहन भत्ता रोकेको, सुकुम्वासीलाई जग्गा खरिद गर्दा दिइने बैंक ब्याज अनुदानसम्बन्धी व्यवस्था बजेटमै कटौती गरेको आदि विषयमा विरोध जनाउँदै उनले अनशन सुरु गरेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशसभा भवन र प्रदेश सरकारका कार्यालय आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मंगलबार स्थनीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३ क० बमोजिम निषेधाज्ञा जारी गरेपनि कार्कीले त्यहि क्षेत्रमा अनसन बसेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्