प्रजातन्त्र कमजोर भयो भने तानासाही प्रवृत्ति हावी हुन्छ : सभापति देउवा

<span class='c1'>प्रजातन्त्र कमजोर भयो भने तानासाही प्रवृत्ति</span> <span class='c2'>हावी हुन्छ : सभापति देउवा</span>

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा प्रजातन्त्र कमजोर भयो भने तानासाही प्रबृत्ति हावी हुने बताएका छन । प्रजातान्त्रिक समाजवाद नहुँदा तानासाहहरु जन्मिने उनको भनाइ थियो ।

मंगलबार नेपाली कांग्रेसको पेशागत तथा वुद्धिजिवी विभागले आयोजना गरेको ‘बीपीको समाजवाद आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले प्रजातन्त्रसहितको समाजवाद आजको आवश्यक्ता भएको औंल्याए ।

‘प्रजातन्त्र कमजोर भयो भने त्यो तानासाहीवाद हुन्छ । प्रजातन्त्रलाई जोड्ने भनेको समाजवादले हो । त्यस कारण आजको सन्दर्भमा बीपी कोइरालाको समाजवादको सान्दर्भिकता छ,’उनले भने । सभापति देउवाले वीपी कोइरालाले योगदानको चर्चा गर्दै सर्वज्ञानी र समय अनुसार परिर्वतन हुनसक्ने नेताका रुपमा चित्रण गरे ।‘नेपालमा उहाँ जस्तो साहित्यकार पाउनै गार्हो छ, उहाँको बारेका व्यापक अध्ययन हुन आवश्यक छ । उहाँले छोडेर जानु भएको प्रजातान्त्रिक पद्धती र समाजवादलगायतका धेरै कुराहरुलाई अध्ययन गरेर भोलिका दिनमा कांग्रेसलाई वीपीको विचारको आधारमा अगाडि बढाउनुपर्छ,’ उनले भने ।

कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापा, नेपाली कांग्रेसको पेशागत तथा वुद्धिजिवी विभागकी प्रमुख डा. डिला संग्रौलालगयत बीपीको विचार र आजको सन्दर्भमाथि धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्