कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की अनशन स्थलबाटै प्रहरी नियन्त्रणमा

<span class='c1'>कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की</span> <span class='c2'>अनशन स्थलबाटै प्रहरी नियन्त्रणमा</span>

देवराज तामाङ
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की आमरण अनशन स्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको छ।

निषेधित क्षेत्रमा आमरण अनशन बसेको भन्दै प्रहरीले पूर्वमुख्यमन्त्री कार्कीलाई अनशन स्थलबाटै नियन्त्रणमा लिएको हो। पूर्वमुख्यमन्त्री कार्कीलाई अनशनस्थलबाटै पक्राउ गरेपछि स्थिति तनावग्रस्त बनेको छ।

कार्कीले विराटनगरस्थित कोशी प्रदेशसभा सचिवालय पूर्वपट्टिको वनसखण्डी मन्दिरअगाडि मंगलबार दिउँसोदेखि अनशन थालेका थिए ।

जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशसभा भवन र प्रदेश सरकारका कार्यालय आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मंगलबार स्थनीय प्रशासन ऐन, २०२८ को दफा ६९३ क बमोजिम निषेधाज्ञा जारी गरे पनि कार्कीले त्यहि क्षेत्रमा अनसन बसेका थिए ।

उनको समर्थनमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो । माइकिङ गर्दा समेत नहटीकन अनशनलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले हस्तक्षेप गरेको हो । त्यसक्रममा दुई पक्षबिच दोहोरो झडप भएको थियो । केदारका समर्थकले सुरक्षाकर्मीलाई ढुंगामुडा गरेका थिए । भने सुरक्षाकर्मीले लाट्ठी चार्ज समेत गरेको थियो । झडपमा परेर कति जना घाइते भए,कति जना नियन्त्रणमा लिइएको तत्काल संख्या यकिन नभएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कोशी सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कटौती गरेको, गरिब जेहेनदार विद्यार्थीलाई दिइने छात्रवृत्ति हटाएको, महिला स्वयंसेविकाको प्रोत्साहन भत्ता रोकेको, सुकुम्वासीलाई जग्गा खरिद गर्दा दिइने बैंक ब्याज अनुदानसम्बन्धी व्यवस्था बजेटमै कटौती गरेको आदि विषयमा विरोध जनाउँदै उनले अनशन सुरु गरेको थिए ।

पूर्वमुख्यमन्त्री कार्कीलाई मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित उनकै निवास छोड्ने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्