कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की अनशनमा पुन:फर्किए

<span class='c1'>कोशीका पूर्वमुख्यमन्त्री केदार</span> <span class='c2'>कार्की अनशनमा पुन:फर्किए</span>

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की अनशन पुनः फर्किएका छन् ।

कोशी प्रदेशसभा सचिवालय अगाडि आमरण अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर उनको घरमा छाडेको थियो ।

अहिले कार्की फर्किएर पुनः प्रदेशसभा सचिवालयबाट पूर्व तर्फ निषेधित क्षेत्र बाहिर अनशन बसेका हुन् ।

कार्कीले विराटनगरस्थित कोशी प्रदेशसभा सचिवालय पूर्वपट्टिको वनसखण्डी मन्दिरअगाडि मंगलबार दिउँसोदेखि अनशन थालेका थिए । जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशसभा भवन र प्रदेश सरकारका कार्यालय आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मंगलबार स्थनीय प्रशासन ऐन, २०२८ को दफा ६९३ क बमोजिम निषेधाज्ञा जारी गरे पनि कार्कीले त्यहि क्षेत्रमा अनसन बसेका थिए ।

कोशी सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कटौती गरेको, गरिब जेहेनदार विद्यार्थीलाई दिइने छात्रवृत्ति हटाएको, महिला स्वयंसेविकाको प्रोत्साहन भत्ता रोकेको, सुकुम्वासीलाई जग्गा खरिद गर्दा दिइने बैंक ब्याज अनुदानसम्बन्धी व्यवस्था बजेटमै कटौती गरेको आदि विषयमा विरोध जनाउँदै अनशन बसेका कार्कीलाई प्रहरीले मंगलबार राति ८ बजे नियन्त्रणमा लिएर प्रहरीले कार्कीलाई बुढीगंगा गाउँपालिका– २ टंकिसिनवारी स्थित उनको निवासमा लगेर छाडेको थियो । तर कार्की फर्किएर अनशनस्थलमै आएका थिए । अनशनस्थलमा प्रहरीले बस्न नदिएपछि उनी देवकोटा चोकमा अनशन बसेका छन् ।

अनशनस्थलमा कार्कीलाई पक्राउ गर्नुअघि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले बल प्रयोग गर्दा केदार कार्कीका केही समर्थकहरु घाइते भएका छन् ।

अनशन स्थलमा रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालामाथि पनि प्रहरीले लाठी चार्ज गरेको थियो ।
कार्कीको अनशनस्थलबाट प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएकाहरुलाई वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीको भ्यानबाट आर्लिन अस्वीकार गरेका कार्कीले भने, ‘म देवकोेटा चोेकमै छोड, नत्र प्रहरी भ्यानमै बस्छु। कानुन तोडेको भए कारबाही गर्नुहोस्। नत्र देवकोटा चोकमै लगेर छाड्नुहोस्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्