झापा मेचीनगरकी दिक्षाको अष्ट्रेलियामा शंकास्पद मृत्यु

<span class='c1'>झापा मेचीनगरकी दिक्षाको</span> <span class='c2'>अष्ट्रेलियामा शंकास्पद मृत्यु</span>

विराटनगर। झापाको मेचीनगर–१४ की तुलसामाया शिवाकोटी (दिक्षा) को अस्ट्रेलियामा शंकास्पद मृत्यु भएको छ ।

अष्ट्रेलियाको सिड्निदेखि केहीदुरिमा रहेको फिलिप्स पार्क परिसरमा त्यहाँको प्रहरीले उनको शव शंकास्पद अवस्थामा फेला पारेको हो । दिक्षा एकदिन अघिदेखि सिड्नीको रडेल टोलस्थित मासुजन्य ब्यापार (एभरेष्ट बुचरी) मा पार्टटाइम काम गर्दै थिइन् । उनको श्रीमान् रबि प्रसाईं सोही बुचरी घरको पछाडिको फ्लोरमा रहेको एक कन्सल्टेन्सीका इन्जिनियर थिए ।

अघिल्लो दिन रबि र तुलनामाया सँगै डिउटी गएर सँगै फर्केका थिए । अर्कोदिन (८ सेप्टेम्बर) भदौ २३ गते रबिले दिक्षालाई डिउटी समयमा देखेनन् । आफ्नो कार्यकक्षबाट बुचरीको अगाडि काउण्टर सोझै देखिन्थ्यो । काउण्टरमा दिक्षालाई नदेखेपछि रबिले खोजीकार्य बढाएको उनको भनाई छ । छोरी दिक्षा हराएकी रहिछ, दिक्षाकी आमा अम्बिका शिवाकोटीले भनिन्–अभिल्लो दिन गफ गरेकी छोरिसँग भोलिपल्ट कुरा हुन सकेन । अनि ज्वाईं रबिलाई गरेपछी मात्रै हराएको कुरा थाहा भएको उनले बताइन् ।

सिड्नी शहरमा ५ दिनयता एउटा कोठामा बस्दै आएकाले नयाँ शहरमा कतै झुक्किएको हुनसक्ने परिवारको बुझाई थियो । रबिले पनि स्थानीय ठाउँमा खोज्ने नभेटिएपछि पुलिस रिपोर्ट गरेका थिए । रबिले रडेल र सिड्नी पुलिस स्टेशन पुगेर वेपता भएकी पत्नी खोजीदिन भन्दै निवेदन दिएका थिए । अस्ट्रेलियाको मिसिङ नोटिक्स सार्वजनिक गरेपछि त्यहाँको समयनुसार १०ः४ बजे पसलबाट निस्किएकी दिक्षालाई झन्डै २५ किलोमिटरदुरिमा रहेको फिलिप्स पार्कभित्र ६ घण्टापछि शंकास्पद अवस्थामा मृत शव फेला परेको हो । प्रहरीको अनुशन्धानकै क्रम रहेकाले उनको शब हालसम्म परिवारलाई दिएको छैन ।

२७ वर्षकी दिक्षाको कलिलै उमेरमा कसरी र के कारणले मृत्यु भयो भन्ने रहस्यमय रहेको छ । प्रहरीको रिपोर्टपछि आत्महत्या नै गरेको रहेछ भनेपनि आत्महत्या दुरुत्साहनको कानूनी प्रक्रिया अघि बढाउने दिक्षाको माइती पक्षको भनाइ छ । दिक्षा झापा मेचीनगर–१४ रामनगरस्थित उनका बुवा टंकप्रसाद र आमा अम्बिका शिवाकोटीको ५ जना सन्तानमध्ये कान्छी छोरी हुन् । उनका दुईजना दाजु बिदेशमै छन् ।

अनामनगरस्थित श्रीकृष्ण प्रसाईंका छोरा रबिले गत २०८० असार २९ गते दिक्षासँग बिधिवत रुपमा मागी बिहे गरेका थिए । । बिहेपछि रबिका लागि दिक्षा दोस्रो पत्नी बनिन्। बिहेपछी सिड्नीकै पिआर कार्ड प्राप्त रबि अस्ट्रेलिया प्रस्थान गरेका थिए । अस्ट्रेलियाको पिआर कार्ड प्राप्त पहिलो पत्निसँग सम्बन्ध बिच्छेद गरेर बसेका रबि र बिदेशबाट नफर्केका श्रीमानलाई सम्बन्ध बिच्छेद गरेर बसेकी दिक्षाबीच पारिवारिक माध्यमबाट मागी बिवाह भएको थियो । रबिको पहिलो पत्नीसँग २ जना छोरा अस्ट्रेलियामै छ्न् । तीमध्ये १ जना साबालक र १ जना नाबालक भएकाले ती नाबालकलाई अस्ट्रेलियामा (चाइल्ड हेल्प) अन्तर्गत रबिले नै लालनपालनको खर्च बेहोर्दै आएका छ्न् । पहिलो पत्नी अस्ट्रेलियाको न्यु साउथ वल्स प्रान्तमा दुई छोरासँग बस्दै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्