बुढीगंगा-५ नयाँ टोलमा करेन्ट लागेर दम्पतीको मृत्यु

<span class='c1'>बुढीगंगा-५ नयाँ टोलमा करेन्ट</span> <span class='c2'>लागेर दम्पतीको मृत्यु</span>

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–५ नयाँ टोलमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु भएको छ । बुधबार वृद्ध दम्पतीको घटनास्थलमै मृत्यु भएको हो ।

भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र उनकी पत्नी ७२ वर्षीय कुमादेवी मण्डलको मृत्यु भएको हो ।मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानेन्द्रबहादुर बस्नेतबा अनुसार विद्युत प्रवाह भइरहेको मोटर चलाएर कल पेल्ने क्रममा दुवै जनालाई बिहान ११ः५० बजेतिर करेन्ट लागेको थियो ।
भारतीय वृद्ध दम्पती बूढीगंगा–५ का देवनारायण चौधरीको फुसको छानो भएको घर भाडामा लिएर बस्दै आएका थिए ।

करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्