विराटनगर । पूर्वमुख्यमन्त्री केदार कार्कीको आमरण अनशन आन्दोलनलाई छानविन गर्नुपर्ने कोशी प्रदेशसभा टिप्पणी भएको छ । पूर्वमुख्यमन्त्री कार्कीले अनशन बसेर भ्रम फिजाउन खोजेको भन्दै छानविन गर्नुपर्ने माग राखिएको हो ।
बुधबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमालेका सांसद तिलाचन पाठकले संसदीय मूल्य मान्यता विपरीत कार्की अनशनमा बसेर नौटंकी गरिरहेको बताए । १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचारलगायत मागसहित कांग्रेस सांसद तथा पूर्वमुख्यमन्त्री केदार कार्की मंगलरबारदेखि आमरण अनशनमा छन् ।
केदार कार्कीले उठाएका सबै माग रातो किताबमा रहेको बताउँदै उनले हेर्न आग्रह गरे । सांसद पाठकले प्रदेश मातहतका सबै अस्पताल र दमक बाल अस्पतालमा बालबालिकाको निशल्क उपचार हुने बताए । तर प्रदेश मतहतका अस्पतालमा विशिष्टीकृत सेवा छैन । केदार कार्कीले भने बालबालिकाका लागि विशिष्टीकृत सेवा निशुल्क गर्नुपर्ने माग छ ।