विराटनगरमा मात्रै एक हजार २३१ जना क्यान्सर रोगी

<span class='c1'>विराटनगरमा मात्रै एक हजार</span> <span class='c2'>२३१ जना क्यान्सर रोगी</span>

इशु पन्त
विराटनगर । विराटनगर महानगरपालिकामा एक हजार २३१ जना क्यान्सर रोगी रहेको तथ्यांकले देखाएको छ। महानगरपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न प्रकारका क्यान्सरका बिरामीहरूको संख्या उल्लेख्य रूपमा वृद्धि भएको हो। महानगरपालिकाले दिएको एक आर्थिक वर्षको तथ्यांकले मात्रै यो संख्या देखाएको छ । जुन भयावह अवस्था हो ।

यद्यपी यो महानगरपालिका भित्रका अस्पतालहरुमा उपचार गराउन आउने विभिन्न क्षेत्रका बिरामीको समेत तथ्यांक हो । फोक्सो र श्वासप्रश्वास सम्बन्धी क्यान्सरमा ११३ बिरामीमध्ये १०१ पुरुष रहेका छन्। यो तथ्यांकले बिराटनगरमा सबै भन्दा बढी २२४ जनामा फोक्सोको क्यान्सर भएको स्वास्थ्य शाखाको तथ्यांक अधिकृत दिपक भट्टराईले जानकारी दिएका छन् । बिराटनगर उपचार हब भएको हुनाले कयौ सेवाग्राही बाहिरबाट सेवा लिन आऊने हुँदा अन्यको तथ्यांक समेत समावेश भएको भट्टराई बताउछन् ।

क्यान्सर रोग विशेषज्ञ डा विभेक घोशका अनुसार कुनै घाउ नसुक्ने, अनावश्यक रूपमा रक्तस्राव हुने, गाँठो मासु पलाउने र लामो समयसम्म घाउ निको भएन पनि क्यान्सर हुन सक्ने बताउँछन्। मुखमा घाउ आउने र अस्वभाविक रूपमा रगत गए, महिनावारी हुँदा बढी रक्तस्राव हुने र तल्लो पेट दुख्ने, ग्यास्ट्रिक बिग्रेर हुनसक्ने लक्षण देखा परे तुरुन्तै डाक्टरको परामर्श लिन आग्रह गरिएको छ ।

धेरै जनाले सानोतिनो घाउ आऊने केही पनि हुँदैन बन्ने मानसिकताले गर्दा क्यान्सरको फैलावट बढी भएको सक्ने घोष बताउँछन् । हामीमा बुढ्यौलीमा हुने रोग क्यान्सर भने गर्थियौ तर अहिले युवा अवस्थामा अझ बढी देखिने गरेको डाक्टर घोष बताउँछन्। समयमा नै थाहा पाए स्टेज १ देखि ४ सम्मको सबै स्टेजको क्यान्सरको इलाज गर्नु सम्भव हुने उनले बताए । अहिले स्तन क्यान्सर २०–२५ उमेरका किशोरीहरुमा बढी देखिएको उनको दावी छ । फोक्सो क्यान्सरको क्यान्सर पनि ४० वर्षको उमेरमै देखिएको छ । त्यसैगरी पाठेघरको मुखको क्यान्सर पनि ३० वर्षको उमेर देखि ८० वर्षको उमेरसम्म देखिने गरेको छ।

महानगरको स्वस्थ्य शाखाको तथ्यांक अनुसार स्तन क्यान्सरका ११३ बिरामीहरूमध्ये १६ जना पुरुष रहेका छन्। पाठेघर क्यान्सरमा भने ५९ महिला छन् । ग्यास्ट्रिक .ओसोफागस) क्यान्सरमा ७ महिला र ११ पुरुष, पेटको क्यान्सरमा ४७ महिला र ६७ पुरुष, थाइरोइड क्यान्सरमा १० महिला र ६ पुरुष रहेका छन्। यस्तै, कलेजोको क्यान्सरमा २३ महिला र ३५ पुरुष, प्यान्क्रियाटिक क्यान्सरमा २५ महिला र २६ पुरुषमा रहेका छन्।

हड्डी तथा बोन म्यारो क्यान्सरका ८ महिला र २६ पुरुष, पित्तथैलीको क्यान्सरका ४२ महिला र ४९ पुरुष, कोलोरेक्टल क्यान्सरका ४६ महिला र ४३ पुरुष, मुखको क्यान्सरका २९ महिला र ७४ पुरुष रहेको देखिएको छ।ओभरी क्यान्सरका १४१ महिला बिरामीहरू रहेका छन् भने मूत्राशय क्यान्सरमा ३ महिला र १३ पुरुष छन्। यस बाहेकका क्यान्सर रोगीको अन्य महलमा ३२८ संख्या उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्