शी लिड्स आइकनमा कोशी प्रदेशबाट चारसहित २७ महिला जनप्रतिनिधि छनोट

<span class='c1'>शी लिड्स आइकनमा कोशी प्रदेशबाट</span> <span class='c2'>चारसहित २७ महिला जनप्रतिनिधि छनोट</span>

काठमाडौं । देशभरका महिला जनप्रतिनिधिहरुको आइकन प्रतियोगिता हुने भएको छ । शी लिड्स आइकन नाम दिइएको आइकनमा देशभरका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरुसहित २७ जना महिला जनप्रतिनिधिमहरु सर्टलिस्ट भएका छन् ।

देशभरका १२८ जना महिला जनप्रतिनिधिहरुबाट निर्णायक मण्डलले छानेर २७ जनामा झारेका हुन् । जसमा तीन जना प्रमुख र बाँकी उपप्रमुख छन् ।

पत्रकार सम्मेलन मार्फत महिला जनप्रतिनिधिको काम योगदानका आधारमा कोशी प्रदेशबाट ४, मधेश प्रदेशबाट २ , बागमती प्रदेशबाट ४ , गण्डकी प्रदेशबाट ३ ,लुम्बिनी प्रदेशबाट ७ , कर्णाली प्रदेशबाट ४ र सुदूरपश्चिमबाट ३ जना महिला जनप्रतिनिधिहरु छनोट गरिएको आयोजकले जनाएको छ।

सर्टलिस्ट गर्दा महिला स्वाथ्य, महिला उद्यमशिलता, नीति र न्याय, जवाफदेहिता लगायतका कुरामा ध्यान दिइएको बताइएको छ । आयोजक कल्पले जानकारी दिएअनुसार निर्णायक मण्डलमा नेपालकी प्रथम महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, मिडियाकर्मी चारु चड्डा र सामाजिक क्षेत्रकी शरु जोशी श्रेष्ठ रहेका छन् ।

सर्टलिस्ट भएका २७ महिला जनप्रतिनिधिहरुमा २० दिनसम्म हुने डिजिटल मतदानको आधारमा उत्कृृष्ट तीन जनालाई विजेता घोषणा गरिने कार्यक्रमको प्रस्तोता मिस नेपाल २००५ सुगारिका केसी हुनेछिन् ।

यसबारेमा शाक्य, केशी लागयतका अनुहारहरुको उपस्थितिमा सोमबार काठमाडौंमा पत्रकार सम्मेलन पनि आयोजक गरिएको आयोजक संस्थाका सम्राट थापाले जानकारी दिए ।

यी हुन् सि लिड्समा छानिएका देशभरका प्रमुख तथा उपप्रमुख महिला जनप्रतिनिधिहरुः

१. विमला कुमारी शाही, उपाध्यक्ष तुर्माखाँद गाउँपालिका, अछाम, सुदूरपश्चिम प्रदेश

२. सीता थापा उपाध्यक्ष गौमुल गाउँपालिका ,बाजुरा ,सुदूरपश्चिम प्रदेश

३. धाना धामी उपाध्यक्ष सिगास गाउँपालिका ,बैतडी, सुदूरपश्चिम प्रदेश

४. सरस्वती दर्लामी चिदी अध्यक्ष बगनासकाली गाउँपालिका ,पाल्पा, लुम्बिनी प्रदेश

५. विमला अर्याल प्रमुख सुनवल नगरपालिका ,नवलपरासी, लुम्बिनी प्रदेश

६. भुपेन्द्रा बुढा उपाध्यक्ष पुथा उत्तरगङ्गा गाउँपालिका, रुकुम पूर्व, लुम्बिनी प्रदेश

७. सीता गिरी उपाध्यक्ष धुर्कोट गाउँपालिका ,गुल्मी ,लुम्बिनी प्रदेश

८ं.सरिता खड्का उपाध्यक्ष मदाने गाउँपालिका ,गुल्मी, लुम्बिनी प्रदेश

९. सावित्रा देवी अर्याल उपप्रमुख बुटवल उप(महानगरपालिका ,रुपन्देही, लुम्बिनी प्रदेश

१०. गीता आचार्य उपप्रमुख रोल्पा नगरपालिका ,रोल्पा, लुम्बिनी प्रदेश

११ं. ममता महतो उपाध्यक्ष पटेर्वा सुगौली गाउँपालिका,पर्सा, मधेश प्रदेश

१२. फुल कुमारी सिंह उपाध्यक्ष बटेश्वर गाउँपालिका ,धनुषा ,मधेश प्रदेश

१३ं सविता अर्याल उपाध्यक्ष सिद्धलेक गाउँपालिका ,धादिङ, बागमती प्रदेश

१४ं. बाल कुमारी कार्की थापा उपप्रमुख रामेछाप नगरपालिका,रामेछाप, बागमती प्रदेश

१५. तारा राना तिमल्सिना उपाध्यक्ष बेथानचोक गाउँपालिका,काभ्रेपलाञ्चोक, बागमती प्रदेश

१६. विमला सापकोटा दाहाल उपप्रमुख बनेपा नगरपालिका, काभ्रेपलाञ्चोक, बागमती प्रदेश

१७. गण्डकी थापा अधिकारी अध्यक्ष बडिगाड गाउँपालिका, बागलुङ, गण्डकी प्रदेश

१८. दिवा कुमारी तिलिजा पुन उपाध्यक्ष अन्नपूर्ण गाउँपालिका ,म्याग्दी, गण्डकी प्रदेश

१९. रीता देवकोटा उपाध्यक्ष सिरानचोक गाउँपालिका ,गोरखा, गण्डकी प्रदेश

२०. गीता देवी तिम्सिना गौतम उपाध्यक्ष मेन्छयायेम गाउँपालिका, तेह्रथुम, कोशी प्रदेश

२१. मीना कुमारी खतिवडा पौडेल उपप्रमुख उर्लाबारी नगरपालिका, मोरङ, कोशी प्रदेश

२२. आशा शिवाकोटी उपप्रमुख कनकाई नगरपालिका, झापा, कोशी प्रदेश

२३. रेगीना भट्टराई प्रसाई उपप्रमुख दमक नगरपालिका ,झापा कोशी प्रदेश

२४. अल्किना बम उपाध्यक्ष पचालझरना गाउँपालिका ,कालिकोट ,कर्णाली प्रदेश

२५. सनसिल्ता वली डिसी उपाध्यक्ष कालिमाटी गाउँपालिका,सल्यान, कर्णाली प्रदेश

२६. तप्ता थापा ,उपप्रमुख नारायण नगरपालिका दैलेख, कर्णाली प्रदेश

२७. मञ्जु कुमारी शर्मा पाण्डे, उपाध्यक्ष महाबु गाउँपालिका दैलेख कर्णाली प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्