उपत्यका नछोड्न सांसदलाई कांग्रेसको ह्वीप

<span class='c1'>उपत्यका नछोड्न सांसदलाई</span> <span class='c2'>कांग्रेसको ह्वीप</span>

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले आफ्ना सांसदलाई उपत्यका नछोड्न ह्वीप जारी गरेको छ ।

प्रमुख सचेतक श्याम घिमिरेले सबै सांसदलाई एसएमएसमार्फत ह्वीप जारी गरेका बताए । उनको ह्वीपमा जुनसुकै बेला पनि सांसदहरूको उपस्थिति आवश्यक हुन सक्ने भन्दै उपत्यका नछोड्न भनिएको छ । सरकारमा रहेका प्रमुख दल नेपाली कांग्रेस र एमालेले उपसभामुखले नैतिकताका आधारमा राजीनामा नदिए कारबाहीको तयारी गरेका छन् ।

असम्बन्धित व्यक्तिहरूलाई अमेरिका पठाइदिने भनेर पदीय आधारमा अमेरिकी दूतावासलाई पत्र लेखेको र उनीहरूबाट आर्थिक लाभका विषयमा ‘डिल’ भएको भनेर रास्वपाभित्रैबाट सार्वजनिक भए पनि उपसभामुखले भने आफूलाई थाहा नभएर पत्र लेखेको जवाफ दिएकी छन् । त्यसमा उनले नैतिकताका आधारमा राजीनामा दिएमा पद अनुकूलको आचरण नगरेको प्रस्ताव संसदेमा पेस गर्ने कांग्रेस–एमालेको तयारी छ । संविधानको धारा ९१ को उपधारा ६ ले सभामुख र उपसभामुखको पद रिक्त हुने व्यवस्था गरेको छ । जसमा पद अनुकूल आचरण नगरेको प्रस्ताव दुईतिहाइ बहुमतबाट पारित भए पद रिक्त हुने व्यवस्था छ ।

यसअघि एमालेले मंगलबार नै आफन सांसदहरूलाई उपत्यका नछोड्न ह्वीप जारी गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्