दशैं आउन एक महिना बाँकी रहँदै टिकट बुकिङ सुरु

<span class='c1'>दशैं आउन एक महिना बाँकी</span> <span class='c2'>रहँदै टिकट बुकिङ सुरु</span>

काठमाडौं । हिन्दु नेपालीहरुको महान पर्व दशैं आउन एक महिना बाँकी रहँदै यात्रुहरुले गन्तव्यसम्म जानको अग्रिम टिकट काट्न थालेका छन् ।

चाडपर्वको बेला भाडा महंगो हुँदै जाने र कालो बजारी हुने डरले यात्रुहरु अग्रिम बुकिङ थालेका हुन् ।

यद्यपी, नेपालका एयरलाइन्सहरुले अग्रिम बुकिङ खुलाउने गरेका छैनन् । वायुसेवा सञ्चालक संघका अनुसार अनलाइनबाट सहज रूपमा टिकट पाइने भएपछि अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ गरेका हुन् ।

त्यस्तै, दशैं, तिहार र छठ पर्वलक्षित सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज पहिलो हप्तादेखि खुला गर्ने यातायात व्यवसायीहरुको तयारी छ ।
दशैंको १५ दिनअगावै लामो दुरीका सवारीको अग्रिम टिकट खुला गर्ने गरिँदै आएको छ । यातायात व्यवसायीले विगतमा जस्तै सर्तहरू भने राखेका छन् । बर्सातमा भत्किएका सडक मर्मत गर्नुपर्ने, दुई वर्षदेखि रोकिएको भाडादर समायोजन गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्