झापामा पूजाको प्रसाद खाएर बिरामी पर्नेको संख्या ७३ पुग्यो

<span class='c1'>झापामा पूजाको प्रसाद खाएर बिरामी</span> <span class='c2'>पर्नेको संख्या ७३ पुग्यो</span>

झापा । झापाको अर्जुनधारा नगरपालिकामा पूजाको प्रसाद खाँदा बिरामी हुनेको संख्या बढेको छ । हालसम्म बिरामीको संख्या ७३ जना पुगेको नगरस्थित शनिश्चरे आधारभूत अस्पतालका प्रशासन प्रमुख राजबिक्रम खड्काले जनाएका छन् ।

बुधबार अर्जुनधारा–९ की रिता निरौलाको घरमा पूजा आयोजना भएको थियो । सो पूजामा प्रसाद खाने उनीहरु बिरामी परेका हुन् । स्थानीय खरबन्दी गाउँमा प्रसाद खाएका सबैजना बिरामी भएको अर्जुनधारा नगरपालिकाका मेयर बलदेबसिंह गोम्देन तामाङ जानकारी दिए ।

बिरामी भएकामध्ये ६६ जनाको शनिश्चरे आधारभुत अस्पताल, बीएण्डसी अस्पतालमा चार जना र मनमोहन अस्पतालमा तीन जनाको उपचार भइरहेको खड्काले बताए । उनले बुधबार उपचार गराएर गएका पनि फेरि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएको बताए । पूजामा सब्जी, रोटी र अचार खाएका अधिकांश बिरामी परेको बताइएको छ । सुरुमा वाक वाक लाग्ने, वान्ता हुने तथा लगातार डायरीया हुने समस्याले सताएपछि प्रसाद खाएका बिरामीहरु अस्पतालमा भर्ना भएका हुन् । केही बिरामीहरुमा ज्वरो १०४ डिग्रीसम्म देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

शनिश्चरे आधारभूत अस्पतालमा बेड अभावमा बार्दली, प्यासेज लगायतका स्थानमा राखेर बिरामीको उपचार भइरहेको जनाइएको छ । अस्पतालले सम्पुर्ण स्रोत साधन प्रयोग गरेर बिरामीको उपचार गरिरहेको नगरप्रमुख गोम्देनले जानकारी दिए । उनीहरुमा फुड पोइजन भएको डाक्टरहरुले अनुमान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्