कैद छल्न मृत्युदर्ता, सुनसरी देवानगञ्ज–७ का वडा अध्यक्ष पक्राउ

<span class='c1'>कैद छल्न मृत्युदर्ता, सुनसरी देवानगञ्ज–७</span> <span class='c2'>का वडा अध्यक्ष पक्राउ</span>

विराटनगर । जबर्जस्ती करणी मुद्दामा अदालतले दश वर्ष कैद ठहर गरेका व्यक्तिको मृत्यु दर्ता गराएर लिखत सम्बन्धी कसुर गरेको आरोपमा सुनसरी देवानगञ्ज–७ का वडा अध्यक्ष सुर्यनारायण यादव पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले उनलाई बुधबार पक्राउ गरेर लिखत सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार नुतन देवी (सांकेतिक नाम )को जाहेरी अनुसार अध्यक्ष यादवलाई पक्राउ गरिएको छ । उनले जबर्जस्ती करणी मुद्दामा सुनसरी जिल्ला अदालतले २०७९ असार २९ गतेको फैसला अनुसार दशवर्ष कैद ठहर गरेका राम भन्ने रामानन्द यादवको मृत्युदर्ता बनाएको खुलेको छ ।

फैसलापछि फरार रहेका रामको मृत्यु दर्ता गरेर सजाय छल्नका लागि बुवा सिताराम यादवले २०६५ जेष्ठ १५ गते नै मृत्यु भएको भनेर तत्कालिन गाविसकमा झुठ्ठा बिवरण पेश गरेका थिए । पञ्जिकाधिकारीद्धारा मृत्यु दर्ता प्रमाण पत्र बनाएर अदालतमा निवेदन साथ लगत कट्टाको लागि मृत्यु दर्ता प्रमाण पत्र पेश गरिसकेपछि उनी जीवित रहेको सनाखत भएको थियो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन सम्बन्धी कसूर गरेर जीवितलाई मृत्यु दर्ता गर्न सामेल भएको आरोपमा देवानगंज गाउँपालिका ७ नम्बर वडा कार्यालयमा सर्जमिन हुँदा समेत वडाका वडा अध्यक्ष सुर्य नारायण यादवसहितका केहि व्यक्तिले सिताराम यादवको छोरा राम यादवको मृत्यु भई सकेको भनेर झुठ्ठा विवरण लेखाएका थिए । उक्त सर्जमिन मुचुल्का अदालतमा पठाएर राम भन्ने रामानन्द यादवलाई तोकिएको दशवर्षको कैद फैसला लगत कट्टा गराउने प्रयास भएको थियो ।

तर, लिखत सम्बन्धी कसूरमा कार्वाही गरी पाउँ भनि भोलानन्द यादवले जाहेरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । उक्त क्रममा कारागार कार्यालय, झुम्कामा जवरजस्ती करणी कसूरमा कैद भुक्तान गरिरहेका बिजुली भन्ने मिश्रीलाल मेहताले राम भन्ने रामानन्द यादव उहि भएको सनाखत गरेका थिए । यादव र मिश्रीलाल एकै घटनाका दोषी हुन् ।

जिल्ला प्रहरी कार्यालय, सुनसरीले मिश्रीलाललाई कारागारबाट झिकाएर राम भन्ने रामानन्द मेहताको सनाखत गराउँदा सिताराम यादवका तीनजना छोराहरु रहेको खुलेको थियो । जेठो छोरा राम यादव, माईलो महानन्द यादव र कान्छो बेदानन्द यादव अहिले समेत जीवित नै रहेको खुलेको थियो । राम यादवको बास्तविक नामथर रामानन्द यादव रहेको खुलेपछि जवरजस्ती करणी र डाँका मुद्दामा निजको संलग्नता रहेको र उक्त व्यक्तिलाई जोगाउन खोजेको खुलेको हो ।

रामानन्द यादवका साथी मिश्रीलालले रुप, अनुहारको चेहरा, वर्ण, आँखा, नाक, मुख, उचाई लगायतको शरिरीक बनावट र हुलिया समेतले चिनेका थिए । त्यसपछि राम यादव भन्ने व्यक्ति र रामानन्द यादव भन्ने व्यक्ति एउँटै हुन् भन्ने सनाखत मिश्रीलाल मेहताले गरेका थिए । झुठ्ठा विवरणको मुचुल्का प्रमाणित गर्ने देवानगंज गाउँपालिका–७ का अध्यक्ष सुर्यनारायण यादवसहितका विरुद्ध सुनसरी जिल्ला अदालतबाट पक्राउ पुर्जी अनुमती लिएर नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्