साल्ट ट्रेडिङ्गलाई अझ व्यवसायिक र उन्नत बनाउनुपर्छ : मन्त्री भण्डारी

<span class='c1'>साल्ट ट्रेडिङ्गलाई अझ व्यवसायिक र</span> <span class='c2'>उन्नत बनाउनुपर्छ : मन्त्री भण्डारी</span>

काठमाडौं । उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ्गलाई अझ व्यवसायिक र उन्नत बनाउन आवश्यक रहेको बताएका छन् ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ६२ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले साल्ट ट्रेडिङ्गलाई अझ व्यवसायिक र उन्नत बनाउन आवश्यक रहेको भन्दै कतिपय मिसावट खाद्य वस्तुहरु पनि बजारमा रहेका भन्दै मन्त्रालयले त्यसको नियमन अनुगमन गरिरहेको बताए ।

उनले भने,‘अहिलको बजारमा व्यवसायिकतमा कसरी साल्ट ट्रेडिङ्गलाई अझ उन्नत बनाउने भन्ने सोच्न आवश्यक छ । अत्यावश्यक वस्तु, गुणस्तरीय वस्तु आज कतिपय मिसावट खाद्य वस्तुहरु पनि बजारमा छन् । त्यसको पनि नियमन या हामीले अनुगमन गरिरहेका छौं ।’उनले साल्टलाई साल्टमा मात्रै सिमित नराखी साल्ट ट्रेडिङ्ग कर्पोरेशन भन्ने वित्तिकै विश्वासिलो, अभावको अन्त्य गर्ने चाँडै उपलब्ध गर्न सकिने गरी कार्ययोजना बनाउन आवश्यक आवश्यक रहेको बताए ।

उनले भने,‘आयोजकलाई भन्न चाहन्छु यसलाई साल्टमा मात्रै सिमित नराख्नुहोला साल्ट ट्रेडिङ्ग कर्पोरेशन भन्ने वित्तिकै विश्वासिलो,अभावको अन्त्य गर्ने चाँडै उपलब्ध गर्न सकिने यसको कार्ययोजना बनाउन आवश्यक छ । जुन ठोस कार्ययोजनालाई सरकारले पनि धन्यवाद दिन सकोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्