विराटनगरका सडक र फुटपाथमा निर्माण सामाग्रीः आम नागरिकलाई समस्या

<span class='c1'>विराटनगरका सडक र फुटपाथमा निर्माण</span> <span class='c2'>सामाग्रीः आम नागरिकलाई समस्या</span>

इन्दु साह
विराटनगर। विराटनगरका विभिन्न सडक र फुटपाथमा निर्माण सामाग्री राखिएको कारण आम नागरिकलाई हिँडडुल गर्न समस्या पर्दै आएको छ ।

सडक छेउ र फुटपाथमा महिनौँसम्म गिट्टी, बलौटा, रड, बाँस लगायतका निर्माण सामग्री राख्ने प्रवृत्ति बढ्दो क्रममा रहेको पाइएको हो । महानगरपालिकाका नगर प्रहरी प्रमुखका अनुसार सडकमा २४ घण्टाभन्दा बढी समय निर्माण सामग्री राख्न नपाइने नियम छ। उनले भने हामी नियमित गस्ती गर्छौं र नियम विपरीत राखिएका सामग्रीहरू हटाउँछौं । तर यस्तो नियम हुँदाहुँदै पनि केही स्थानमा सडक, फुटपाथ र नालाको ढक्कन ओगटेर सामग्री राख्ने गरेको पाइएको हो।

नगरप्रहरीले यस्ता गैरकानूनी रूपमा राखिएका सामग्रीहरू जफत गर्ने र त्यसको हटाउने खर्च सम्बन्धित व्यक्तिले तिर्नुपर्ने जानकारी दिएका छन्। तर यस्तो कारबाहीको डर नमानी केही व्यक्ति र निर्माण व्यवसायीहरूले लगातार नियम उल्लंघन गरिरहेको पाइएको छ। यस समस्याले गर्दा सर्वसाधारण नागरिकहरूलाई दैनिक हिँडडुलमा र यातापयात आवतजावतमा कठिनाइ भएको छ।

महानगर प्रहरीले नियमित अनुगमन गरिरहेको बताए तापनि विराटनगरका विभिन्न सडकपेटिमा यस्ता सामाग्री राखिदै आएको छ । नगर प्रहरी यस्तो कार्यमा कडा रुपमा प्रस्तुत हुनुपर्ने आवश्यकता भएपनि कुरा टार्ने जवाफ बाहेक काम भएको देखिदैन । यसरी सडक र सडकपेटी सामाग्रीले ओगट्दा पैदल यात्रु र सवारी आवागमनका लागि सडकदेखि फुटपाथ समेत असुरक्षित बन्ने गरेको छ ।

महानगरपालिकाका नगर प्रहरी प्रमुखले यस समस्यालाई गम्भीरतापूर्वक लिएको र आवश्यक कदम चाल्ने बताएका छन्। तर यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। सडक र फुटपाथको सुरक्षा सहजताका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्