विराटनगर । विराटनगरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा संचालनमा आएको छ।
बिहीबार विराटनगर-४ स्थित कंचनबारीमा नयाँ शाखा संचालनमा आएको हो।
एक कार्यक्रमका बीच शाखाको उद्घाटन बैंकका कोशी प्रदेश प्रमुख यसपाल कुमार तिब्रवाल गरेका थिए ।
अहिले बैंकका देशभर २७३ शाखा कार्यालयहरु रहेका छन् । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गुणस्तरीय र छिटो छरितो सेवा तथा डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आइरहेको छ ।