हिमालय दर्शन कलेजमा चार दिने ईन्डक्सन सेसन कार्यक्रम सम्पन्न

<span class='c1'>हिमालय दर्शन कलेजमा चार दिने</span> <span class='c2'>ईन्डक्सन सेसन कार्यक्रम सम्पन्न</span>

विराटनगर । विराटनगर ९ मा रहेको हिमालय दर्शन कलेजमा यस वर्ष भर्ना भएका विद्यार्थी लक्षित आयोजना गरिएको चार दिने ईन्डक्सन सेसन सम्पन्न भएको छ ।

भदौ २४ गते सोमबारबाट कलेज सभाहलमा आयोजना गरिएको चार दिने इन्डक्सन सेसन बिहीबार सम्पन्न भएको हो ।

नयाँ भर्ना भएका १३७ विद्यार्थीहरुको लागि कलेज बारे जानकारी गराउनुका साथै विश्वविद्यालयको कोर्षको लागि पुर्व तयारी बारे जानकारी गराइएको थियो । प्लस टु सकेर आएका विद्यार्थीहरुलाई स्नातक तह लेवलमा विद्यार्थीहरुले अपनाउनुपर्ने विषयसँगै मोटिभेसन स्पीकरबाट विभिन्न विषयमा उत्प्रेणात्मक समेत गराइएको थियो । ४ दिने ईन्डक्सन सेसन कार्यक्रमको सहजकर्ताको रुपमा खल्ती एपका सिइओ अमित अग्रवाल, दुरशिक्षाका सिइओ कृष्ण पाण्डे, याक एण्ड यती होटलका फ्रन्ट अफिस मेनेजर हुमनाथ आचार्य, पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डीन डा. सन्देश दास श्रेष्ठ, मोटिभेसन स्पीकर बसन्त अधिकारी लगायतले सहजीकरण गरेका थिए । साथै कलेजका अध्यक्ष प्रा.डा प्रमोद कुमार झा, कलेजका निर्देशक शैलेन्द्र सिवाकोटी , भेषराज पोखरेल लगायतले कलेजकोे पढाईसँगै अनुशासनको नियम बारे जानकारी गराएको थिए ।
४ दिनसम्म विद्यार्थीकोे लागि आयोजना गरिएको ईन्डक्सन कार्यक्रमहरुले विश्वविद्यालय तहमा पढाई हुने विषय ब स्तुबारे जानकारी प्राप्त हुनुका साथै एक अर्का प्रति चिनजानको वातावरण मिलेको कार्यक्रममा सहभागी विद्यार्थीहरुले बताए । कार्यक्रममा प्रस्ना प्रधान, प्रिन्स अधिकारी, र जाकिया खातुनले ४ दिन सम्मको ईन्डक्सन सेसनको फाईदाहरु बारे आफ्नो अनुभव सेयर गरेका थिए ।
कोशी प्रदेशमै उत्कृष्ट कलेजको भएको दावी गर्दै आएको कलेजमा विआइएम, विएचएम, विसिए, विएससि सिएसआइटी कार्यक्रमहरु पढाई हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्