स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

<span class='c1'>स्टार्टअप उद्यमलाई चेम्बर</span> <span class='c2'>अफ कमर्सको साथ</span>

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले स्टार्टअप उधमशिलता कार्यका लागि सहयोग गर्ने भएको छ ।

चेम्बर अफ कमर्सको स्टार्टअफ एण्ड इन्नोभेशन समिति र अन्नपुर्ण मिडिया नेटवर्कबीच काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा स्टार्टअप उद्यमशीलता विकास गर्ने सम्बन्धमा सहकार्यको सम्झौता भएको हो ।

सम्झौतापत्रमा चेम्बर इन्नेभेशन समितिका सभापति पंकज जालान र अन्नपुर्ण मिडिया नेटवर्कका महाप्रवन्धक मनोज बस्नेतले हस्ताक्षर गरेका हुन् ।
चेम्बरले युवा उद्यमशिलता सम्वन्धी संजाल विस्तार गर्ने, कानूनी सहायता र लगानीका लागि सहजीकरण गर्ने र यसका लागि अन्नपुर्ण मिडिया नेटवर्कका विभिन्न सञ्जालमा प्रचार प्रसार गर्ने सम्वन्धमा सहमति भएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले स्टार्टअप उद्यमशिलता विकास कार्यक्रम परिणाममुखी हुनुपर्नेमा जोड दिएका छन् । युवाहरुलाई स्वदेशमै उद्यमी बनाउन एवं रोजागरी सिर्जना गर्न चेम्बरले स्टार्टअफ एण्ड इन्नोभेशन समिति मार्फत काम गरिरहेको अग्रवालले बताए ।

स्टार्टअप एण्ड इन्नोभेशन समितिका सभापति पंकज जालानले पनि युवा उद्यमशिलता विकासका लागि अभियान चलाउने र युवाहरुलाई समितिका तर्फबाट आवश्यक सहयोग उपलव्ध गराउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्