विद्यालयस्तरीय‘विराटनगर बास्केटबल कप’पाचौं संस्करणको फाइनल खेल शनिबार हुने

<span class='c1'>विद्यालयस्तरीय‘विराटनगर बास्केटबल कप’पाचौं संस्करणको</span> <span class='c2'>फाइनल खेल शनिबार हुने</span>

विराटनगर । विराटनगरमा विद्यालयस्तरीय 'विराटनगर बास्केटबल कप'को फाइनल खेल शनिबार हुने भएको छ।

पाचौं संस्करणको बास्केटबल कपको फाइनल खेल एभरेष्ट स्कुलको बास्केटबल कोर्टमा भदौ २९ गते शनिबार हुने भएको हो।

पुरुषतर्फको पहिलो सेमिफाइनलको खेलमा शिक्षादीपलाई पराजित गर्दै विकेभिए फाइनलमा पुग्न सफल भएको हो। भने दोस्रो सेमिफाइनलको खेलमा एभरेष्टलाई पराजित गर्दै सगरमाथा स्कुल फाइनलमा प्रवेश गरेको आयोजकले जनाएको छ।

त्यसैगरी महिलातर्फ भने खेलको अंकको आधारमा विकेभिएम र अरनिको स्कुल समान १५/१५ अंक ल्याउदै फाइनलमा प्रवेश गरेका छन्।

तेस्रो स्थानको लागि पुरुष र महिलाको खेल भदौ २८ गते शुक्रबार विकेभिएम स्कुलको बास्केटबल कोर्टमा हुने आयोजकले जनाएको छ। जसमा पुरुषतर्फ शिक्षादीप र एभरेष्टले प्रतिष्पर्धा गर्ने छन्। भने महिलातर्फ एभरेष्ट र सगरमाथाले प्रतिष्पर्धा गर्दै छन्।

विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा भदौ ९ गतेदेखि सुरु भएको प्रतियोगिता भदौ २९ गते सम्पन्न हुने छ। कार्यक्रम संयोजक दिपेश कट्वालका अनुसार, यस वर्षको प्रतियोगितामा पुरुषतर्फ ६ वटा र महिलातर्फ ५ वटा टिम सहभागी रहेका छन्। यो संस्करणमा होम एण्ड अवे फर्म्याटको लिग प्रणालीमा रहेर प्रतियोगिता संचालन भएको थियो। जसमा प्रत्येक टिमले पहिलो चरणमै ६ खेल खेलेका छन्, ३ खेल आफ्नो होम कोर्टमा र ३ खेल प्रतिद्वन्द्वीको होम कोर्टमा खेलेका छन्। तर महिलातर्फ भने एउटा टिमले सबै टिमसग प्रतिस्पर्धा गरेका थिए। "यो फर्म्याटले खेलाडीहरूलाई विभिन्न वातावरणमा खेल्ने र आफ्नो कौशल विकास गर्ने अवसर प्रदान गर्ने छ," संयोजक कट्वालले भने।

उक्त प्रतियोगिताको पुरुषतर्फ दुई समुहमा विभाजन गरिएको थियो। जसमा समुह 'ए' मा अरनिको,विकेभिएम,सगरमाथा रहेका थिए। भने समुह 'बी' मा आदर्श,शिक्षादीप र एभरेष्ट रहेका थिए । त्यसैगरी महिलातर्फ विकेभिएम,अरनिको,सगरमाथा, हेरिटेज र एभरेष्ट स्कुलले सहभागीता जनाएका थिए।

प्रतियोगीताको विजेतालाई ट्रफी,मेडल र प्रमाणपत्रको व्यवस्था रहेको आयोजकले जनाएको छ। म्यानअफ द म्याच र सर्वोत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ।

गत वर्षको चौथो संस्करणमा बिकेभिएम स्कुलले एभरेष्ट स्कुललाई ३९-३७ को अन्तरले हराउँदै बास्केटबल लिगको उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्